MENU

बातावरण-कृषि

Ncell Axiata
NIC Asia

१२ लाख भन्दाबढी खर्च गरी तयार गरिएको नगर–वन उद्यानमा वृक्षारोपण

दाङ, असार २७ – जिल्ला वन कार्यालय र घोराही उपमहानगरपालिकाको साझेदारीमा दाङको हापुर बिजौरीमा नगर—वन उद्यान निर्माण गरिएको छ ।जिल्ला वन कार्यालय दाङको आठ लाख रुपैयाँ, घोराही उपमहानगरपालिकाको चार लाख ७० हजार पाँचसय रुपैयाँ र श्रमदानको सहयोगमा ७ हेक्टर जमिनमा वन उद्यान निर्माण गरिएको सहायक वन अधिकृत हरिप्रसाद गौतमले जानकारी दिनुभयो । 

वन उद्यानमा वन महोत्सवको सन्दर्भ मंगलवार वृक्षारोपण गरिएको छ । वृक्षरोपणको सुरुवात गर्दै घोराही उपमहानगरपालिकाका मेयर नरुलाल चौधरीले सबैको साझा प्रयासबाट उद्यानलाई नमुना योग्य उद्यान बनाउने प्रतिवद्धता ब्यक्त गर्नुभयो । जिल्ला वन अधिकृत सूर्यकान्त सिग्देलले जिल्ला वन र उपमहानगरपालिका मिलेर थालिएको काममा सबैको साथ जरुरी रहेको बताउनुभयो ।

घोराही उपमहानगरपालिका वडा नं १२ मा रहेको बिजौरीडाँडा नगर वन उद्यानमा गरिएको वृक्षरोपण कार्यक्रममा उपमेयर सीता न्यौपाने, वडा नं ११ का वडाध्यक्ष कुलबहादुर लामिछाने, १२ नम्बरका वडाध्याक्ष राजेन्द्र बुढासहित नवनिर्वाचित वडा सदस्य र स्थानीयबासीको सहभागितामा २ सय भन्दाबढी बिरुवा रोपिएको छ । 
बाँकी २ सय ५० बिरुवा केही दिनमै लगाइने जिल्ला वन कार्यालय दाङले जनाएको छ ।   

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

  • रेन्बो ट्राउट उत्पादन केन्द्र बनाइने

    खोटाङ, माघ ४ – खोटाङको रुपाकोट मझुवागढी नगरपालिकाले रेन्बो ट्राउट माछा उत्पादन केन्द्र बनाउने तयारी गरेको छ ।

  • हिउँदे वर्षा नहुँदा प्रदुषण बढ्यो

    काठमाडौं, माघ ४ – हिउँदे वर्षा नहुँदा काठमाडौंमा प्रदुषण बढेको छ । मंसिर १५ देखि अहिलेसम्म काठमाडौंमा जम्मा शून्य दशमलव १ मिलिमिटर मात्र पानी परेको परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मौसमविद शान्ति कँडेलका अनुसार जनवरी महिनाभरिमा १० दशमलव ४ मिलिमिटर पानी पर्नुपर्ने हो ।

  • ​गुल्मीमा सुन्तला उत्पादन घट्याे

    गुल्मी, माघ २ – गुल्मीमा यो वर्ष सुन्तला उत्पादनमा कमी आएको छ । जिल्लामा यस वर्ष २ हजार २ सय ५ मेट्रिक टन सुन्तला उत्पादन भएको छ ।

  • मौसमविद् भन्छन् : अब चिसो हुँदैन

    काठमाडौं, माघ २ – पुसको अन्तिम साता ह्वात्तै बढेको चिसो माघ महिना लागेसँगै घटेको छ । अधिकतम र न्यूनतम तापक्रममा बृद्धि आएपछि उपत्यका तातो बन्दै गएको छ । उपत्यकामा पुसको अन्तिम साता न्युनतम तापक्रम शून्य डिग्रीमा झरेको थियो ।

  • ​विषादीको कारण मौरी मर्न थालेपछि सर्लाहीका मौरीपालक किसान मर्कामा

    सलाही, पुस ३० -तोरीमा लाग्ने लाइकीरा मार्न प्रयोग गरिएको रसायनिक विषादीको प्रयोगबाट सर्लाहीमा धमाधम मौरी मर्न थालेको छ।

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया