MENU

अन्तर्राष्ट्रिय

Ncell Axiata

कतार विवाद टुङ्ग्याउन अमेरिकी विदेश मन्त्रीको पहल

असार २८ – अरब क्षेत्रका केही मुलुकले कतारसँग गरेको कुटनैतिक सम्वन्ध विच्छेद र यसपछि कतारमाथि गरेको नाकावन्दीबारे अरवको बन्दगाह शहर जेदाहमा हुने खाडी मुलुकका विदेश मन्त्रीस्तरीय बैठकमा सहभागी हुन अमेरिकी विदेशमन्त्री रेक्स टिलरसन मङ्गलबार अरब गएका छन् ।

यसअघि अमेरिकी विदेशमन्त्री टिलरसन संयुक्त राज्य अमेरिकाले उत्तर एटलान्टिक सन्धि सङ्गठन (नेटो)सँग आवद्ध प्रमुख सहगोगी टर्कीसँग यसअघि गुमेको विश्वासलाई पुनःस्थापना गर्न भनी दुई दिन टर्की गएका थिए । टर्कीमा उहाँले राष्ट्रपति रेसेप तैयप एर्दोगानसँग इस्तानवुलमा घण्टौँ लामो कुराकानी गर्नुका साथै उच्चपदस्थ अधिकारीसँग भेट गर्नुभएको थियो । 

साउदी अरब, संयुक्त अरब इमिरेट्स (युएई), बहराइन र इजिप्टका विदेशमन्त्री भेला हुने उक्त स्थानमा अमेरिकी विदेशमन्त्री टिलरसनले कतारसँगको विवाद टुङ्ग्याउन विशेष पहल गर्ने, साउदी अरबबाट जारी एक विज्ञप्तिमा जनाइएको छ । 

खाडी क्षेत्रका केही मुलकले साउदी अरब, युनाइटेड अरब इमिरेट्स, इजिप्ट र बहराइनद्वारा कतारले आतङ्कवादलाई सघाएको आरोप लगाउँदै गत महिनादेखि कतारसँगको कूटनीतिक सम्बन्ध तथा हवाई, जमिन तथा जलमार्ग कतारसँग विच्छेद गरेको घोषणा गरेका थिए । 

कतारले उनीहरूले भनेझैँ आफ्नो मुलुकले कुनै आतङ्कबादी समूहलाई नसघाएको र उक्त समूहले कतारमाथि राखेका शर्त सार्वभौम मुलुकमाथि गरिएको अपमानजनक कार्य भएको आरोप लगाउँदै आएको छ । यसैबीच कतारले सोमबार चार खाडी मुलुकले कतारलाई एक्लाउँदा भएको नोक्सानको एउटा अध्ययन समिति बनाइ क्षतिपूर्ति माग गर्ने भएको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

  • नवनिर्वाचित भारतीय राष्ट्रपतिले सपथ लिए

    साउन १० – रामनाथ कोविंदले भारतको १४औं राष्ट्रपतिको रुपमा सपथ लिनुभएको छ ।

  • इजरायलले जेरुसेलमको हरम–अल शरीफबाट मेटल डिटेक्टर हटाउने

    साउन १० – इजरायलले जेरुसेलमको पवित्र स्थल हरम–अल शरीफ नजिक लगाएको मेटल डिटेक्टर हटाउने भएको छ । इरजायलले सुरक्षाका लागि भन्दै हरम–अल नजिक सुरक्षाका लागि भन्दै मेटल डिटेक्टर लगाएको थियो ।

  • ७० जना गाँउले अपहरित, सात जनाको हत्या

    साउन ९ – अफगानिस्तानको दक्षिणी क्षेत्रमा पर्ने एउटा गाँउबाट ७० जना व्यक्ति शुक्रबार अपहरणमा परेका छन् । प्रहरीले उनीहरूलाई तालिवान लडाकूहरूले अपहरण गरेको आरोप लगाएको छ भने अन्य कम्तीमा सात जना मारिएको पनि जनाएको छ ।

  • ‘६ महिनासम्म म हरेक दिन बलात्कृत भएँ’

    साउन ९ – बिद्रोही समूह इस्लामिक स्टेट (आइएस) ले इराकमा आफ्नो सैन्य अभियान सुरु गरेदेखि नै कुर्दिस समुदायका यजिदी जातीय समूहलाई निशाना बनाउँदै आएको छ । सन् २०१४ मा आइएसका लडाकुले इराकको उत्तरी क्षेत्रमा बसोबास गर्ने यजिदी समूदायलाई लक्षित गरी आक्रमण गरे ।

  • जोर्डनः इजरायली दूतावासमा आक्रमण, एकजनाको मृत्यु

    साउन ९ – जोर्डनको राजधानीमा रहेको इजरायली दूतावासमा गोली चल्दा एकजनाको ज्यान गएको छ । अम्मानमा रहेको इजरायली दूतावसमा पसेका दुईजना जोर्डनी नागरिकले गोली चलाएको प्रहरीलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ ।

सबै हेर्नुहोस
Job Vacancy
पछिल्ला समाचारहरु

सोसल मिडिया