MENU

विचार/अनुभूति

Ncell Axiata
chhaka panja

मुसाले टोक्यो, के गर्ने ? के रेबिज रोग लाग्छ ?

ओपिडीमा एक्कासी मुसाले टोकेका बिरामीको संख्या बढ्यो । ओपिडी सकेर यसो मुसाले टोकेको बिरामीको प्रतिशत हेर्दा आफै अचम्मित भएँ । झन्डै ४० प्रतिशत बिरामी त मुसाले टोकेर परामर्श लिन आएका रहेछन् । यो संख्या भन्दा सयौँ गुणा बढी त निजी क्लिनिक वा अरु अस्पतालमा गएका हुन सक्छन् । 

त्यति नै संख्यामा मानिसहरु आफ्नै परिवारका सदस्य वा छिमेकी वा नजिकको क्लिनिकमा गएर परामर्श लिएको हुनुपर्छ । टेकु अस्पताल आउनेहरु भने आफै वा कसैको सल्लाहमा रेबिज विरुद्धको खोप लिने आशयले आउने गरेको देखिन्छ ।

मुसाले टोके के हुन सक्छ ?

मुसाले टोके स्ट्रेप्तोब्यसिलरी र स्पाईरिलम गरी दुइ प्रकारका ब्याक्टेरियाको संक्रमणको उच्च जोखिम हुन सक्छ । यी ब्याक्टेरियाहरु संक्रमित मुसाले टोके वा चिथरे मात्र पनि मानिसमा सर्न सक्छ । यसलाई समग्रमा र्याट बाइट फिवर भनेर बुझ्ने गरिन्छ । दैनिक मुसाले टोकेर मानिसहरु आउने गरेता पनि मेरो सम्झनामा एकाध व्यक्तिले मात्र मुसाको टोकाई पछि ज्वरोको शिकायत लिएर आएको देखिन्छ । यसको अर्थ बाँकी कसैलाई केही भएन भन्ने चाही होइन, सायद उनीहरु नजिकैको क्लिनिकबाट औषधी सेवन गरेको हुनुपर्छ ।

कस्तो लक्षण हुन सक्छ ? 

स्ट्रेप्तोब्यसिलरी ब्याक्टेरियाले संक्रमण गरे ज्वरो आउने, टाउको दुख्ने, मांशपेशीका दुख्ने, बान्ता हुने, जोर्नी दुख्ने र शरीरमा बिबिरा आउने हुन सक्छ । औसतमा टोकेको तीन देखि दश दिनमा यी लक्षणहरु देखिने गर्दछ । ज्वरो आएको २÷४ दिनमा हात खुट्टाहरुमा रातो बिबिरा देखिन सक्छ । यदी स्पाईरिलम ब्याक्टेरियाले संक्रमण गरे ज्वरोको अलावा टोकेको ठाउमा खत देखिने, ग्रन्थिहरु सुन्निने, र बिबिराहरु देखिन सक्छ ।  यी लक्षणहरु एक देखि तीन हप्ता सम्ममा देखिने गर्दछ । यदी समयमा नै उपचार नपाए फोक्सो, मुटु, टाउको लगायत अरु अंगहरुमा संक्रमण गर्न सक्छ । एन्टीबयोटिक चिकित्सकको परामर्श अनुसार लिएमा यस्ता जटिलताबाट बच्न सकिने छ ।

मुसाको टोकाईबाट कसरी बच्ने ? 

मेरो धेरै बर्षको अनुभवमा धेरै जसो नेपाली दाजुभाई दिदीबहिनीहरुले कुनै कारणले मुसालाई समात्न जादा वा मर्न खोज्दा वा सुतेको बेला टोकेको देखिन्छ । तसर्थ सकेसम्म मुसालाई नसमात्ने वा समात्नै परे राम्ररी पन्जा लागएर मात्र समात्ने वा मार्ने, र त्यस्तै कोठामा सुत्दा झुल लगाएर सुत्ने वा मुसा ओहोरदोहोर गर्ने वातावरण नै सृजना नगरिदिने उपायहरु अपनाउनु पर्छ । 

अन्तमा, के मुसाले टोकेर रेबिज रोग लाग्छ ?

टेकु अस्पताल आउनुको प्रमुख कारण उपचार सँगै यही प्रश्न को उत्तर खोज्न नै हो । यसबारेमा धेरै भ्रमहरु रहेको पाइन्छ । हालसम्म संसारमा कतै मुसाले टोकेर रेबिजÞ लागेको ईतिहास छैन र सम्भावना पनि देखिदैन । विश्व स्वस्थ संगठन र नेपाल सरकारले पनि मुसाले टोकेमा रेबिज बिरुद्धको खोप लगाउनु नपर्ने भनेर निर्देशिका नै जारी गरेको छ । तसर्थ यस अस्पतालमा मुसाले टोकेमा रेबिज बिरुद्धको खोप लगाउनै गर्दैन । तर मुसाको टोकाईबाट माथि उल्लेख भए जस्तै ब्याक्टेरियाको कारणले मानिसहरु बिरामी हुन सक्ने भएको बिशेष ध्यान भने दिनु पर्छ । र आवश्यक परे चिकित्सकको सम्पर्कमा रहनु पर्छ । किनभने समयमा उपचार नगरे यसको मृत्युदर ७ देखि १३ प्रतिशतसम्म भएको देखिन्छ ।                

डा. शेरबहादुर पुन
संयोजक, क्लिनिकल रिसर्च युनिट
शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पताल

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

  • प्रदेश नं. २ मा एमालेको मतपरिणाम, कमजोर लागे पनि यसकारण राम्रो

    प्रदेश नं २ को स्थानीय तहको परिणामले सबैभन्दा बढी नेकपा एमालेलाई हैरानीमा पारेको छ । चुनावअघि नेताहरुको अभिव्यक्ति सुन्दा लाग्थ्यो प्रदेश २ मा पनि एमालेले राम्रै नतिजा ल्याउला ।

  • दसैंमा परदेशीको चिठी

    आमाको कपाल ढकमक्क फुलिसक्यो होला । बुवाको अनुहार पनि चाउरिन थाल्यो कि ! बुवालाई घर व्यवहार चलाउन गाह्रो परेको छ होला । छोराले भनेजस्तो पैसा पठाएन भनेर मनले थकथकी मान्दै होला । सोच्नु हुँदो हो, अनि कहिलेकाहीँ त मेरो फोटो सुम्सुम्याउँदै भन्नुहुँदो हो यस्तै मात्र पैसा कमाउने भए विदेश नगएको भएपनि त हुन्थ्यो नि नाथु !

  • २ नम्बर प्रदेश समीक्षा : कांग्रेस पहिलो निश्चित, फोरमलाई प्रचण्डको सक्रियताले धोका !

    दुई नम्बर प्रदेशको स्थानीय तहको मतगणनाको परिणाम सार्वजनिक भइरहेको छ । अहिलेसम्मको मतपरिणामले दुई नम्बर प्रदेशमा प्रतिष्पर्धामा उत्रेका मुख्य ६ दल कोही पनि उत्साहित हुन सकेका छैनन् । दुई नम्बर प्रदेशमा कांग्रेस पहिलो हुने निश्चित देखिएको छ भने बाँकी स्थानका लागि दलहरुबिच प्रतिस्पर्धा भइरहेको छ ।

  • संविधान बनाउँदाको अनुभव : धारा पारित गर्दा पानी पनि खाइन

    लामो छलफल र संवादपछि घोषणा भएको नेपालको संविधान, ७० वर्षदेखिको नागरिकको चाहना र भावना पूरा भएको त्यो क्षण मलाई झल्झल्ली याद आउँछ । निकै गर्व लाग्छ त्यो क्षण सम्झँदा पनि । संविधान घोषणा नहुन्जेलसम्म संविधान घोषणा नगर्न धरै ठाउँबाट दबाब आयो ।

  • तेस्रो चरणको चुनावपछिको संकेत

    काठमाडौं, असोज २ – २ नम्बर प्रदेशका आठ जिल्लामा स्थानीय तहको तेस्रो चरणको चुनावसँगै संविधान कार्यान्वयन र राजनीतिक कार्यदिशाको बाटो थप फराकिलो बन्दैछ । राजपाको सहभागिता नै तेस्रो चरणको चुनावको सबैभन्दा महत्वपूर्ण पक्ष हो ।

सबै हेर्नुहोस
western union
nepali women
पछिल्ला समाचारहरु

सोसल मिडिया