MENU

बातावरण-कृषि

Ncell Axiata

खाडीको तापमा खटिँदा ऋण तिर्ने पैसा भएन, गाउँकै शीतलमा डेढ लाख आम्दानी

केशवप्रसाद भट्टराई/उज्यालो । 

ताप्लेजुङ, असार २८ – विदेश जाने युवालाई चुनौती दिँदै हिमाली जिल्ला ताप्लेजुङमा युवा दाजुभाइले मासिक १ लाख ५० हजार रुपैयाँसम्म आम्दानी गर्ने गरेका छन् । उनीहरुले कृषि पेशाबाटै राम्रो आम्दानी गर्न सकिने देखाउँदै कृषिप्रतिको आकर्षण बढाएका छन् ।  

पश्चिमी आठाराई त्रिवेणी गाउँपालिकाको वडा नम्बर ५ चाँगेका दुई युवा दावा शेर्पा र अर्जुन शेर्पाले ‘दाजुभाई बाख्रा पालन फर्म’ संचालन गरेर सबैलाई अचम्बित बनाएका छन् । 

दुई वर्ष अगाडि दाजु अर्जुन शेर्पा खाडीमुलुक गएर कठोर परिश्रम गर्दासमेत गएको ऋणसमेत तिर्न नसकि फर्किएका थिए । ‘कतारको तातो घाममा धेरै दुःख गरेँ तर दुई वर्षमा साहुको ऋणसमेत तिर्न नसकि फर्किएर भाइसँग सल्लाह गरेर ९ महिना अघि बाख्रा पालन फर्म खोलेका हौँ’ उहाँले भन्नुभयो ।  

विदेशी भूमिमा अर्काको काम गर्नु भन्दा आफैले मेहनत गरे यही सुन फल्ने उहाँले बताउनुभयो । नौ महिना अगाडि ऋण गरेर ९ लाख रुपैयाँ लगानी गरी १ सय ६० वटा बाख्रा फर्ममा हालेको दावा शेर्पाले बताउनुभयो । 

अहिले बाख्रा २ सय वटाभन्दा बढी रहेको बताउँदै दावाले भन्नुभयो, ‘हामी दाजुभाइले दिन रात खटेर फर्ममा काम गरिरहेका छौँ, त्यसैले पाठा पाठी, बोका गरेर १ सय, २० खसी रहेको र माउ बाख्रा ८० रहेको समेत दावा शेर्पाले बताउनुभयो । 

शेर्पाले बीउ बोको भने अत्यन्तै महंगो रहेको बताउँदै, चितवनको जगपुरबाट २ लाख ५० हजारमा एउटा बोको किनेर ल्याएको बताउनुभयो । अब बिकासे जातको बोको ल्याएको हुँदा आगामी दिनमा उत्पादन भएका बाख्रा तथा बोकाहरु भने राम्रा जातका साथै मासु समेत धेरै हुने खालको हुने समेत उहाँले बताउनुभयो । 

यसरी परिश्रम र मेहनतका साथ काम गरे विदेशमा जानु नपर्ने उहाँहरुको बुझाइ छ ।  उहाँहरुले अहिलेसम्म जिल्ला पशुसेवा कार्यालय तथा कुनै पनि सरकारी सेवा सुविधा भने नपाएको बताउनुहुन्छ । 


 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Job Vacancy
पछिल्ला समाचारहरु

सोसल मिडिया