MENU

अन्तर्राष्ट्रिय

Ncell Axiata
USAID

अमेरिका र कतारबिच विद्रोही संगठनलाई आर्थिक सहयोग रोक्ने सहमति

असार २८ – अमेरिका र कतारबिच विद्रोही संगठनलाई आर्थिक सहयोग रोक्ने सम्बन्धमा सहमति भएको छ । अमेरिकी विदेश सचिव रेक्स टिलरसन र उहाँका कतारी समकक्षी शेख मोहम्मद विन अब्दुल रहमान अल थानीले सहमतिमा हस्ताक्षर गर्नुभएको हो ।  

अरब क्षेत्रका केही देशले कतारसँग गरेको कुटनैतिक सम्बन्ध विच्छेद र यसपछि कतारमाथि गरेको नाकावन्दीबारे जेदाहमा हुने खाडी देशका विदेश मन्त्रीस्तरीय बैठकमा सहभागी हुन त्यहाँ पुगेका टिलरसन र कतारबिच यस्तो सहमति भएको हो । 

सहमति अनुसार आतंकवादी संगठनहरुले पाउने गरेको आर्थिक सहयोगहरु रोक्न पहल गरिनेछ । त्यस्तै आतंकवादी गतिविधिहरु रोक्न तथा त्यस्ता कार्य विरुद्ध कारवाही तीब्र बनाउने समेत पहल गरिने सहमतिमा उल्लेख रहेको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ । कतारले आतंकवादीलाई सघाएको आरोप लागेपछि साउदी अरब, संयुक्त अरब इमिरेट्स (युएई), बहराइन र इजिप्टले उसँगको कुटनीतिक सम्बन्ध विच्छेद गरेका छन् । 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

  • ह्वाइट हाउसका प्रेस सचिवले दिए राजीनामा

    साउन ७ – अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउसका प्रेस सचिव अर्थात प्रवक्ता शन स्पाइसरले राजीनामा दिएका छन् ।

  • कतारका राजा प्रतिबन्धबारे पहिलो पटक बोले, वार्ताका लागि आह्वान

    साउन ७ – छिमेकी देशको प्रतिबन्ध खेपिरहेको कतारका राजाले वार्ताबाट समस्याको समाधान खोज्न आह्वान गर्नुभएको छ । प्रतिबन्धपछि पहिलोपटक वक्तव्य जारी गर्नुभएका कतारका राज शेख तमिम बिन हमाद अल थानीले समस्या समाधानका लागि वार्तामा आउन छिमेकी देशसँग आग्रह गर्नुभएको हो ।

  • अमेरिकाले उत्तर कोरिया भ्रमणमा प्रतिबन्ध लगाउने

    साउन ७ – अमेरिकाले आफ्ना नागरिकलाई उत्तर कोरियाको भ्रमणमा प्रतिबन्ध लगाउने भएको छ । अमेरिकी विदेश मन्त्रालयले उत्तर कोरियाको भ्रमणमा प्रतिबन्ध लगाउँदै आफ्ना नागरिकको त्यहाँको भ्रमण रोक्ने तयारी गरेको हो ।

  • ग्रिस र टर्कीमा शक्तिशाली भूकम्प, दुईजनाको मृत्यु

    साउन ६ – ग्रिस र टर्कीको सीमा रहेको इजियन सागर गएको शक्तिशाली भूकम्पका कारण दुईजनाको ज्यान गएको छ । टर्की तथा ग्रिसको तटीय क्षेत्रमा नजिक केन्द्रविन्दु भएर ६ दशमलव ७ रेक्टर स्केलको भूकम्प गएको हो ।

  • एड्सका कारण हुने मृत्युदर आधा घट्यो

    साउन ६ – एचआइभी एड्सका कारण हुने मृत्युदर पछिल्लो एक दशकमा आधाले कमी आएको देखिएको छ । पछिल्लो तथ्यांक अनुसार गएको वर्ष सन् २०१६ मा विश्वभरमा एचआइभी/एड्सका कारण १० लाख मानिसको ज्यान गएको थियो । यो १० वर्षअघिको भन्दा आधाले कम हो ।

सबै हेर्नुहोस
Job Vacancy
पछिल्ला समाचारहरु

सोसल मिडिया