MENU

खेल

Ncell Axiata
sagun

श्रीलंकन क्रिकेट : टाउजर फुकालेपछि मात्रै ग्राउण्ड स्टाफले पाए ज्याला

असार २८ – श्रीलंका क्रिकेट बोर्डले जिम्बावेसँगको एकदिवसीय खेलका बेला हामबानटोटामा भएको घटनाको छानविन गर्ने भएको छ । ग्राउण्ड स्टाफलाई बोर्डको ट्याग भएको टाउजर फुकालेर अपमानित गरेको भन्दै छानबिन गर्न लागिएको हो ।   

ग्राउण्डमा काम गर्ने एकसय जनाजति कर्मचारीलाई बोर्डको ट्याग भएको टाउजर दिइएको थियो । काम सकेपछि टाउजर फिर्ता गरेपछि मात्रै उनीहरुलाई पारिश्रमिक दिइएको घटना बाहिर आएपछि सामाजिक सञ्जालमा निकै विरोध भएको थियो । कतिपय कामदारले फेर्ने लुगा नल्याएका कारण भित्री कपडामा मात्रै फर्कन बाध्य भएका थिए । यसरी ग्राउण्डमा काम गर्ने प्राय कामदार केही समयका लागि निश्चित पैसामा खटाइएका हुन्छन् । 

‘उनीहरुले हामीले लुगा फुकालेर फिर्ता गरेपछि मात्रै कामको ज्याला दिएका थिए’ श्रीलंकन सञ्चार माध्यम हिरु न्यूजले एक ग्राउण्ड स्टाफको भनाई उद्धृत गरेको छ, ‘उनीहरुले हामीलाई अर्को लुगा लिएर आउन पनि भनेका थिएनन् । हामीसँग टाउजर फिर्ता मागियो त्यो दिएर पैसा लिनुबाहेक अर्को विकल्प थिएन ।’   

ग्राउण्ड स्टाफमाथि भएको अभद्र व्यवहारपछि बोर्डले माफी पनि मागिसकेको छ । घटनाको छानबिन गरी दोषीलाई कारबाही गर्ने बोर्डले जनाएको छ । 

espncricinfo को रिपोर्टमा अाधारित

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Joktantra
पछिल्ला समाचारहरु

सोसल मिडिया