MENU

मनोरञ्जन

Ncell Axiata
chhaka panja

गङनम स्टाइलको रेकर्ड तोडियो

असार २८ – पार्क जी साङ (पिएसवाइ)को गङनम स्टाइललाई पछि पार्दै विज खलिफा र चार्ली पथको ‘सी यु अगेन’ युट्युबमा सर्वाधिक हेरिने भिडियो भएको छ । 
सन् २०१५को अप्रिलमा अपलोड भएको यस भिडियोलाई २ अर्ब ९० करोड पटकभन्दा बढी हेरिएको छ ।  सन् २०१२ को नोभेम्बरमा जस्टिन बिबरको बेबीलाई उछिन्दै कोरियन पपस्टार साइको गीतले सर्वाधिक हेरिने गीतमा पाँच वर्ष राज गरेको थियो । 

गङनम स्टाइलले युट्युबमा रिलिज भएको पाँचौ वर्षगाँठ मनाउन एक दिन मात्र बाँकी भएको अवस्थामा ‘सी यु अगेन’ ले रेकर्ड तोडिदिएको हो । सी यु अगेन यो वर्षमात्रै हरेक दिन ३० लाखभन्दा बढी पटक हेरिएको छ । खलिफाले गीतले पाएको सफलताबारे प्रतिक्रिया दिँदै आफू निकै नै उत्साहित भएको बताए । 

चार्ली पथले सबैभन्दा बढी हेरिने गीतको हिस्सा हुन पाउँदा निकै खुशी लागेको बताउँदै भनेका छन्, ‘मैले सन् २००७ मा युट्युबमा गीत अपलोड गर्दा जम्मा १० हजारले हेरुन भनेर लक्ष्य राखेको थिएँ ।’

सी यु अगेन फ्युरियस सेभेन चलचित्रको एण्ड् क्रेडिटको लागि तयार गरिएको थियो । चलचित्रका कलाकार पल वाकरको चलचित्र रिलिज हुनुभन्दा पहिले नै कार दुर्घटनामा परेर निधन भएपछि उनको श्रदाञ्जलीस्वरुप यो गीत तयार पारिएको थियो । 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

  • ​केपी ओलीले भने – सबै हाम्रा आइडल हुन्, बुद्ध लामालाई बधाई

    काठमाडौं, असोज ७ – नेकपा एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल आइडलका विजेता बुद्ध लामालाई बधाई दिनुभएको छ ।

  • बुद्ध लामा बने नेपाल आइडल, को हुन् बुद्ध लामा ?

    ‘जहिले पनि गीत नै गाइरहने भएकाले त गाली गर्थेँ, पछि गायनमै लाग्ने रहेछ भनेर संगीत सिक्नका लागि पठाएँ’, बुद्ध लामाका बुवा सन्तबहादुर लामा भन्नुहुन्छ ।

  • के-के पाउँछन् नेपाल आइडलले ?

    काठमाडौं, असोज ६ – प्रथम नेपाल आइडलले दर्शकको मन त जित्ने नै छन्, त्यसका साथै प्रथम नेपाल आइडलले २० लाख रुपैयाँ नगद, महिन्द्राको केयुभी १०० र १५ लाख बराबरको भिडियो एल्बम र कन्ट्रयाक्ट पाउनेछन् ।

  • को बन्ला पहिलो नेपाल अाइडल ?

    काठमाडौं, असोज ६ – शुक्रबार नेपाली संगीत पारखाीहरुले प्रथम नेपाल आइडल पाउने भएका छन् । लोकप्रिय रियालिटी टेलिभिजन शो नेपाल आइडलको ग्रान्ड फिनालेमा पुगेका तीन प्रतिस्पर्धीमध्येबाट शुक्रबार एक जना नेपाल आइडल बन्नेछन् ।

  • फ्राइडे रिलिज : हलमा ‘यती’ मात्रै

    काठमाडौं, असोज ६ – यो हप्ता नेपाली सिनेमा घरमा एउटा मात्रै चलचित्र लागेको छ ।

सबै हेर्नुहोस
western union
nepali women
पछिल्ला समाचारहरु

सोसल मिडिया