MENU

अर्थ

सरकारले दिने भो, यी तीन अवस्थामा बैंकलाई १ करोड सापटी

काठमाडौं, असार २८ – आर्थिक वर्ष २०७४/०७५ को मौद्रिक नीतिले बैंक तथा वित्तीय संस्थालाई १ करोड रुपैयाँसम्म सापटी दिने घोषणा गरेको छ ।

निम्न विकट जिल्लाको सदरमुकाम बाहिर खाता खोले बापत 

‘क’ ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरुले भोजपुर, ओखलढुंगा, मनाङ, रुकुम, सल्यान, जुम्ला, मुगु, हुम्ला, कालिकोट, डोल्पा, जाजरकोट, बझाङ, बाजुरा र दार्चुलाका सदरमुकाम भन्दा बाहिर शाखा खोलेमा निश्चित अवधिका लागि प्रति शाखा १ करोड रुपैयाँ निब्र्याजी सापटी दिने व्यवस्था गरेको छ ।  

खाता नभएका २५ सय नेपालीको खाता खोलेमा 

सामाजिक सुरक्षा भत्ता बैंक खाता मार्फत उपलब्ध गराई सबै नेपालीको बैंक खाता खोल्ने नेपाल सरकारको अभियानमा सहयोग पुर्‍याउन बैंक तथा वित्तीय संस्था नभएका गाउँपालिकाहरुमा शाखा खोली अहिलेसम्म खाता नभएका नेपाली नागरिकहरुको खाता आर्थिक वर्ष २०७४/७५ भित्र खोलेमा सम्बन्धित बैंक तथा वित्तीय संस्थाहरुलाई प्रति २५०० खाता बराबर १ करोड रुपैयाँ निब्र्याजी सापटी एक वर्षको लागि प्रदान गरिने र यो व्यवस्था आर्थिक वर्ष २०७/७५ सम्म रहने मौद्रिक नीतिमा उल्लेख छ । 

सरकारी कारोवारका लागि तोकिएका स्थानीय तहमा शाखा खोल्नेलाई

संघीय संरचना अनुसार तय भएका ७४४ स्थानीय तह मध्येका बैंक शाखा नभएका तोकिएका स्थानीय तहमा अनिवार्य रुपमा बैंक शाखा खोल्न राष्ट्र बैंकले निर्देशन दिने र निर्देशन पालना नगर्ने बैंकलाई नेपाल राष्ट्र बैंक ऐनमा भएको व्यवस्था बमोजिम कारबाही गर्ने जनाएको छ ।

राष्ट्र बैंकले सरकारी कारोवारका लागि प्रोत्साहन गर्न तोकिएका स्थानीय तहमा खोलिने शाखालाई प्रति शाखा एक करोड रुपैयाँ एक वर्षको लागि निब्र्याजी सापटी प्रदान गर्ने उल्लेख छ । निर्देशनको पालना गर्नु सम्बन्धित बैंकको कर्तव्य हुने नीतिमा उल्लेख छ । 

लघुवित्तलाई ४० लाखसम्म सापटी 

लघुवित्त सेवाको पहुँच कम भएका मनाङ, हुम्ला, डोल्पा, कालिकोट, मुगु, जाजरकोट, बझाङ, बाजुरा, दार्चुला, ओखलढुंगा, जुम्ला, अछाम, बैतडी, रुकुम, सल्यान, भोजपुर, मुस्ताङ, रोल्पा, ताप्लेजुङ, खोटाङ, रसुवा र सोलुखुम्बुमा “घ” वर्गका वित्तीय संस्थाले सदरमुकाम बाहेकका ठाउँमा शाखा खोलेमा ४० लाख रुपैयाँ सम्म निब्र्याजी सापटी दिइने व्यवस्था मौद्रिक नीतिले गरेको छ । 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया