MENU

बातावरण-कृषि

Ncell Axiata
sagun

इलामका किसानलाई अलैंचीका बिरुवा वितरण

इलाम, असार २८ – इलामका व्यावसायिक अलैंची कृषकहरुलाई अलंैचीका बिरुवा वितरण गरिएको छ । कृषि विकास कार्यालयले कृषि प्रसार र मसला बाली कार्यक्रम अन्तर्गत बिरुवा वितरण गरेको हो ।

जिल्लाका व्यवसायिक किसानलाई ध्यानमा राखेर एक लाख २० हजार बिरुवा वितरण गरिएको जिल्ला कृषि विकास कार्यालय इलामले जनाएको छ । कार्यालयका अनुसार कृषकहरुलाई रामसाई, गोल्साई, सलकपुरे लगायतविभिन्न जातका बिरुवा वितरण गरिएको छ ।  

माग अत्याधिक बढी आएकाले ब्यवसायिक रुपमा अलैंची खेतीमा लागेका किसानलाई छनौट गरी बिरुवा वितरण गरिएको कार्यालयलका योजना अधिकृत तथा सूचना अधिकारी प्रकाशमणि काफ्लेले बताउनुभयो । 

उहाँका अनुसार कार्यालयले सूर्योदय नगरपालिका स्थित अलैंची विकास केन्द्रबाट बिरुवा खरिद गरेर कृषकहरुलाई शतप्रतिशत अनुदानमा बिरुवा वितरण गरेको हो । प्रतिव्यक्ति दुई सय बोटका दरले विरुवा उपलब्ध गराइएको सूचना अधिकारी काफ्लेले जानकारी दिनुभयो । 

इलाममा गतवर्ष १६ सय हेक्टरमा अलैंची खेती गरिएको कार्यलयले जनाएको छ । कार्यलयको तथ्याङ्क अनुसार जिल्लामा गतवर्ष ५ सय ७६ मेट्रिक टन अलैंची उत्पादन भएको थियो । 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

  • बाढीले बगाएर भारत पगेका १० गैँडाको उद्धार

    चितवन, मंसिर ४ – चितवन राष्ट्रिय निकुञ्जबाट गएको साउनमा आएको बाढीले बगाएर भारत पुगेका १० वटा गैँडाको उद्धार गरिएको छ । पछिल्लो पटक भारतको पिप्रासीबाट एउटा गैँडाको उद्धार गरी सोमबार बिहान चितवन ल्याई सामुदायिक वनमा छाडिएको छ ।

  • कफी आयात र निर्यातमा कमी उत्पादनमा वृद्धि

    काठमाडौं, मंसिर १ – आज १३ औं राष्ट्रिय कफी दिवस : ‘आर्थिक सम्बृद्धिको लागि गुणस्तरीय कफी उत्पादन ! सरकारी, निजी र सहकारी क्षेत्रको राष्ट्रिय अभियान’ भन्ने नाराका साथ मनाइँदैछ ।

  • हिमाली जिल्लामा हिमपात सुरु, मतदान प्रभावित हुन सक्ने आशंका

    काठमाडौं, मंसिर १ – पश्चिमी भेगका हिमाली जिल्लामा हिमपात सुरु भएको छ । हुम्लामा शुक्रबार बिहानैदेखि हिमपात भइरहेको छ । सदरमुकाम सिमकोट र उत्तरी भेगका लिमी, मुचु खगालगाउँ, स्याँडा, हेप्का लगायतका क्षेत्रमा लगातार हिउँ परिरहेको हो ।

  • तिहारका फूलमाला उम्मेदवारका गलामा

    चितवनको क्षेत्र नं. ३ बाट उम्मेदवार बनेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अहिले घरदैलो अभियानमा हुनुहुन्छ । पञ्चेबाजासहित घरदैलो अभियान सुरु गरेका प्रचण्ड जुन घरमा पुग्नुहुन्छ, त्यही घरमा फूलमाला लगाएर स्वागत गर्नेको घुईंचो हुन्छ ।

  • चितवनमा अन्तर्राष्ट्रिय भैँसी विज्ञहरुको सम्मेलन सुरु

    चितवन, कात्तिक २९ – चितवनमा सौराहामा अन्तर्राष्ट्रिय भैँसी विज्ञहरुको सम्मेलन सुरु भएको छ । नेपालमा पहिलो पटक भएको यो सम्मेलनमा विभिन्न देशका भैँसी विज्ञहरुले सहभागिता रहेको छ ।

सबै हेर्नुहोस
Joktantra
पछिल्ला समाचारहरु

सोसल मिडिया