MENU

राजनीति

Ncell Axiata
chhaka panja

गाउँ र नगर कार्यपालिका सदस्य निर्विरोध

धनकुटा, असार २८ – धनकुटाको सात वटै स्थानीय तहमा गाउँ र नगर कार्यपालिका सदस्यहरु निर्विरोध निर्वाचित भएका छन् । मंगलबार भएको उम्मेदवारी दर्ता कार्यक्रममा नेकपा एमालेको तर्फबाट मात्रै उम्मेदवारी परेपछि ४८ जना सदस्य निर्विरोध निर्वाचित भएका छन् । जिल्लाको सबै स्थानीय तहमा एमालेको बहुमत रहेकाले अन्य दलले उम्मेदवारी दिएनन् । 
 
जिल्ला निर्वाचन कार्यालयले दिएको जानकारी अनुसार धनकुटा, पाख्रीबास र महालक्ष्मी नगरपालिकामा ५ महिला सदस्य र ३ जना दलित र अल्पसंख्यक क्षेत्रबाट गरी ८/८ जना सदस्य निर्विरोध भएका छन् । त्यस्तै चौविसे, साँगुरीगढी, खाल्सा छिन्ताङ शहीदभुमी र छथर जोरपाटी गाउँपालिकामा ४ महिला र २ जना दलित र अल्पसंख्यकबाट गरी ६÷६ जना सदस्य निर्वाचित भएको जिल्ला निर्वाचन कार्यालयले जानकारी दिएको छ ।  
 
नगर र गाउँपालिकामा निर्वाचित प्रमुख, उपप्रमुख, वडाध्यक्ष र सदस्यहरुको मतदानबाट निर्वाचित हुने ती सदस्यहरु वडाध्यक्ष सरहको हुनेछन् । उनीहरु निर्वाचित भएपछि गाउँपालिका र नगरपालिकाको बोर्ड समितिले पुर्णता पाएको छ । त्यसैगरी धनकुटामा एमालेले एक्लै जिल्ला समन्वय समिति समेत बनाउने भएको छ ।   
 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
western union
nepali women
पछिल्ला समाचारहरु

सोसल मिडिया