MENU

अर्थ

Ncell Axiata
chhaka panja

​सबै नागरिकलाई करको दायरामा ल्याइने

भक्तपुर, असार २८ – मध्यपुरथिमि नगरपालिकाका मेयर मदनसुन्दर श्रेष्ठले करको दायरामा नआएका ८० प्रतिशत नगरका नागरिकलाई यसवर्ष करको दायरामा ल्याउने बताउनुभएको छ । 

रफत सञ्चार क्लबमा बुधबार बोल्दै उहाँले मध्यपुरथिमि नगरपालिकाका २० प्रतिशत नागरिक मात्रै करको दायरामा आएको पाइएकाले अब बाँकी नगरका बासिन्दालाई पनि करको दायरामा ल्याउने बताउनु भएको हो ।

नगर क्षेत्रको समग्र विकासका लागि जारी नगरपरिषद्ले उचित नीति तथा कार्यक्रमका साथै योजना तर्जुमा र बजेट विनियोजन गर्ने तयारी गरिरहेको बताउनु भएको छ । 

उहाँले नगरपालिकाले मध्यपुरथिमि क्षेत्रको खानेपानी, शिक्षा, स्वास्थ्य र पर्यटन विकासलाई प्रमुख प्राथमिकतामा राखेर अगाडि बढेको बताउनुभयो । 

नगर क्षेत्रको समग्र विकासका लागि गएका बर्षको तुलनामा तीन गुणाबढी बजेट विनियोजन गर्ने बताउँदै उहाँले ३० गते नगरपरिषद् समापनका दिन विनियोजन बजेट सार्वजनिक गरिने जानकारी दिनुभयो । 

मध्यपुरथिमिमा नक्सापास र भवन निर्माणका साथै यस क्षेत्रका नागरिकलाई करको दायरामा ल्याउने काम एकदमै चुनौती रहेको भएपनि यसको कार्यान्वयनका लागि नगरपालिका लागि परेको उहाँको भनाई थियो । 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
western union
nepali women
पछिल्ला समाचारहरु

सोसल मिडिया