MENU

खेल

Ncell Axiata
chhaka panja

​नेपाली फुटवल टोलीको बिदाइ

काठमाडौ, असार २८ – संयुक्त अरब इमिरेट्समा हुने तेइस वर्षमुनि एशिया कप छनोट फुटबलमा सहभागी हुने नेपाली फुटबल टोलीलाई बुधबार बिदाइ गरिएको छ । एन्फा कम्प्लेक्समा आयोजित कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद् राखेपका सदस्य सचिव केशवकुमार विष्ट, अखिल नेपाल फुटबल संघ एन्फाका अध्यक्ष नरेन्द्र श्रेष्ठलगायतले टोलीलाई सफलताको शुभकामनासहित राष्ट्रिय झण्डा दिएर टोलीलाई विदाइ गरेका हुन् । 

आउँदो शनिबारदेखि सुरु हुने छनोट प्रतियोगितामा नेपाल समूह डिमा परेको छ । नेपालको समूहमा आयोजक युएई, उज्वेकिस्तान र लेबनान छन् । नेपालले आफ्नो पहिलो खेल युएईसँग शनिबार, दोस्रो खेल सोमबार उज्वेकिस्तानसँग र तेस्रो तथा समूह चरणको अन्तिम खेल बुधबार लेबनानसँग खेल्ने छ । 

२३ वर्षमुनिको एशिया कप छनोट चरणमा सहभागी ४० टोलीलाई १० समूहमा विभाजन गरिएको छ । प्रत्येक समूहका समूह विजेता र १० वटा समूहका उत्कृष्ट पाँच उपविजेता फाइनल प्रतियोगिताको लागि छनोट हुने प्रावधान छ । 

सन् २०१८ मा चीनमा हुने प्रतियोगितामा आयोजकका हैसियतले चीन सिधै छनोट हुनेछ । नेपाली टोली बिहीबार बिहान त्यसतर्फ प्रस्थान गर्ने एन्फाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
western union
nepali women
पछिल्ला समाचारहरु

सोसल मिडिया