MENU

साहित्य/ कला

Ncell Axiata

सडकमै ‘सयकडा दुई’

श्यामशितल परियार/उज्यालो ।

लमजुङ, असार २८ – लमजुङको बेसीसहर नगरपालिकास्थित नारायणस्थान चोकमा वित्तिय साक्षरता सम्वन्धी  एक सडक नाटक प्रस्तुत गरिएको छ । नारायणस्थान चोकमा लामो समयदेखि आर्थिक कारोबार गर्दै आएको नविल बैंकले आफ्नो ३३ औँ स्थापना दिवसको अवसर पारेर फिनलिट नेपालको संयोजनमा ‘सय कडा दुई’  नामक सडक नाटक प्रस्तुुत गरेको हो । 

मञ्जरी नाट्य समुह बेसीसहरका कलाकारहरुले सडक नाटक मार्फत वित्तिय साक्षरता सम्वन्धी सन्देश दिएका थिए । नेपाल रेमिट्यान्सले धानिएको देश भएकाले गाउँगाउँसम्म वित्तिय साक्षरता सम्वन्धी  सन्देश दिनका लागि सडक नाटक प्रस्तुत गरिएको नबिल बैंकले जनाएको छ ।  

मञ्जरी नाट्य समुहका संयोजक एवम् नाटकका निर्देशक केदार बोहोराका अनुसार नाटकमा एउटा गाउँको ‘सुवेदी कान्छो’ नामक पात्रलाई मुख्य पात्रको रुपमा प्रस्तुत गरिएको छ । ‘सुवेदी कान्छा’ ले गाउँमा भैँसी पालेर दुध बेच्ने गर्छ । दुध बेचेर आएको पैसा बचत गर्दैन । तर एक्कासी भैँसी मर्छ । एक्कासी भैँसी मरेपछि ऊ भैँसी मरेको शोकमा मदिराको लतमा  पर्दछ । 

यसैगरी, नाटकमा अर्को पात्र भक्त बहादुर विदेशमा बसेर पैसा कमाउँछन् । घर बनाउने बेला पैसा पुग्दैन । त्यस बखतमा गाउँकै धनप्रसाद नाम गरेको व्यक्तिले सय कडा दुई रुपैयाँ ब्याजमा ऋण लिन सुझाव दिन्छन् । तर गाउँकै गोपाल नामक पात्रले भने वित्तिय संस्थाबाट ऋण लिन सुझाव दिन्छन् । यस्तै, परिवेशलाई सडक नाटकमा समेटिएको छ ।  

‘व्यक्तिसँग पैसाको कारोबार गर्नु भन्दा वित्तिय संस्थामार्फत आर्थिक कारोबार गरेमा फाइदा पुग्ने कुरालाई नाटकमा समेटिएको छ,’ नाटकका निर्देशक एवम् कलाकार बोहोराले भन्नुभयो । 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Nepali Migrant Women Story
Job Vacancy
पछिल्ला समाचारहरु

सोसल मिडिया