MENU

खेल

Ncell Axiata
USAID

एएफसी च्याम्पियनसिप : प्रशिक्षक राजुकाजी भन्छन् - छनोट भएर फर्किन्छौँ

काठमाडौं, असार २९ – २३ वर्षमुनिको एएफसी च्याम्पियनसिप २०१८ छनोट प्रतियोगिता खेल्न नेपाली २३ वर्षमुनिको फुटवल टीम बिहीबार संयुक्त अरब इमिरेट्स (युएइ) जाँदैछ । नेपाली टोली बिहान फ्लाइ दुवाइको विमानमार्फत युएइ जान लागेको हो ।  

प्रशिक्षक राजुकाजी शाक्यले नेपाली टोली प्रतियोगितामा छनोट हुने लक्ष्यसहित जान लागेको उज्यालो अनलाइनलाई जानकारी दिए । सजिलो नभए पनि हामी छनोट हुन्छौ भन्ने लागेको र बंगलादेशसंगको मैत्रीपूर्ण फुटवलको नतिजा र खेलमा देखिएका कमजोरी हटाउन सहयोग गरेकाले पनि छनोट हुने सम्भावना धेरै रहेको उनले बताए । 

प्रतियोगिताको समूह ‘डी’मा रहेको नेपालले शनिबार युएईसँग उद्घाटन खेल खेल्दैछ । नेपालले सोमबार उज्वेकिस्तानसँग र बुधबार लेबनानसँग खेल्नेछ । 

सन् २०१८ मा चीनमा हुने एएफसी २३ वर्षमुनिको फुटवल च्याम्पियनसिपको छनोट चरणमा सहभागी ४० टोलीलाई १० समूहमा विभाजन गरिएको छ । प्रत्येक समूहका समूह विजेता र १० समूहका उत्कृष्ट पाँच उपविजेता टोली छनोट हुनेछन् । आयोजकका हैसियतले चीन भने प्रतियोगितामा सिधै छनोट हुनेछ । 

 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Job Vacancy
पछिल्ला समाचारहरु

सोसल मिडिया