MENU

अन्तर्राष्ट्रिय

Ncell Axiata
sagun

आगलागीमा परेर साउदी अरबमा ११ जना आप्रवासी कामदारको मृत्यु, ६ जना घाइते

असार २९ – साउदी अरबको एक घरमा आगो लाग्दा ११ जना आप्रवासी कामदारको ज्यान गएको छ । ६ जना घाइते भएका छन् । 

झ्याल नभएको घरमा आगो लागेको र उनीहरुको निस्सासिएर ज्यान गएको बताइएको छ । ज्यान गुमाउनेहरु बंगलादेश र भारतका रहेका बिबिसीमा खबर छ । त्यहाँको सरकारले घटनाको अनुसन्धान गर्न निर्देशन दिएको छ ।

साउदी अरबमा आप्रवासी कामदारको सुरक्षा जोखिम रहेको अधिकारकर्मीले बताएका छन् । साउदी अरबमा झण्डै ९० लाख विदेशी कामदार कार्यरत छन् । त्यसमध्ये दक्षिण एशियाका धेरै छन् । 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Joktantra
पछिल्ला समाचारहरु

सोसल मिडिया