MENU

विचार/अनुभूति

ujyaalo forign call inside

हाँस्दा त लाजै हुन्छ भन्छन् बिरामी, समस्या समाधानको लागि के गर्ने ?

डा. अचला वैद्य -

पिसाब आएको जस्तो हुन्छ, कहाँ गर्ने भनेर ठाउँ खोज्दै गर्दा पिसाब चुहिहाल्छ, खोक्दा, हाछ्यु गर्दा, बसेको ठाउँबाट जुरुक्क उठ्दा पिसाब चुहिन्छ । अझै धेरै बिरामीले समस्याको बारेमा ‘डाक्टरसाब हाँस्दा खेरी लाजै हुन्छ’ भन्ने गर्छन् । यस्तो समस्या विवाहित, अविवाहित तथा वृद्ध सबै खालका महिलालाई हुन्छ । किन यस्तो समस्या हुन्छ त ?

पिसाबको थैली तल सरेको छ भनेसुत्केरी भएको महिलाले प¥याप्त आराम नपुग्दै चाँडेदेखि काम गर्न थालेमा यस्तो समस्या आउँछ । सुत्केरी भएको केही समयमा नै ग¥हौ भारी उचाल्ने, खन्ने काम गर्नाले पनि पिसाबको थैली तल झर्छ । यस्तै महिलाले छिटो छिटो गर्भाधान गरेमा पाठेघरसँगै पिसाबको थैली तल सर्ने समस्या हुन्छ । महिला सुत्केरी हुँदा पाठेघर, पिसाबथैली वरपरको भाग खुकुलो भएको हुन्छ । यो अंग पहिलाको नै अवस्थामा फर्कनको लागि १८ महिनादेखि २ वर्षसम्म लाग्ने हुनाले सुत्केरी भएको महिलाले आराम नगरी काममा चाँडै फर्किनाले यस्तो समस्या हुन्छ । पिसाबको थैली तल झरेपछि पिसाब थैली र नली बिचमा कायम भइरहेको दुरीमा गडबडि भएपछि पिसाब रोक्ने क्षमतामा कमी हुन्छ र पिसाब चुहिने समस्या हुन्छ । 

यस्ता महिलालाई पिसाब गरिसकेपछि पनि फेरि  पिसाब गर्न जान मन लाग्ने हुन्छ । कतिपय महिलाले यस्तो अवस्थामा पिसाब थैलीलाई हातले भित्र धकेलेर पूरा पिसाब गर्ने गरेको पनि बताउँछन् । 

महिनावारी सुकेको महिला जसलाई मोनोपोजको अवस्था भनिन्छ, यस्तो अवस्थाका महिलाको शरीरमा स्ट्रोजेन हर्मोन उत्पादन हुँदैन । यो हर्मोन पाठेघरमा उत्पादन हुने अण्डाबाट निस्कन्छ । यो हर्मोनको मुख्य काम भनेको महिलाको शरीरमा भित्री र बाहिरी अंग कसिलो बनाउने हो । त्यसैले मोनोपोज भएका महिलाको पिसाब रोक्ने क्षमता कमी हुन्छ र चुहिने समस्या हुन्छ ।

लामो सुत्केरी व्यथा लागेमा

पिसाब नलागेको बेलामा पिसाब चुहियो भने पिसाब नलीमा समस्या आएको हुनसक्छ । लामो समयसम्म सुत्केरी व्यथा लाग्यो, बच्चा अड्कियो भने पिसाबको नली प्वाल परेको हुनसक्छ, जुन सुत्केरी अवस्थामा देखिदैन तर पछि विस्तारै खुल्छ र पिसाब चुहिरहन्छ ।

युरीनरी इनफेक्सन

किशोरीमा यस्तो समस्या आउनुको कारण भनेको पिसाब थैली जन्मजात नै सामान्य ठाउँमा छैन अथवा बनावट नै असामान्य छ भने पनि यो समस्या हुन सक्छ । अथवा पिसाब थैलीमा पत्थरी भएमा पनि यो समस्या आउन सक्छ । यस्तै युरीनरी इन्फेक्सन भइरहने युवतीलाई पनि पिसाब चुहिने समस्या हुन सक्छ । महिलाको गर्भावस्थामा पनि पिसाबमा इनफेक्सन हुने हुनाले पिसाब चुहिने समस्या हुन्छ ।

तत्कालको समस्या समाधानको लागि स्यानिटरी प्याड लगाउने र बेलाबेलामा फेर्ने गर्नुपर्छ । तर यो समस्या भएका मानिसले भोलि, पर्सि हेरौ भनेर बस्नुहुन्न, सकेसम्म चाँडै अस्पताल जानु पर्छ ।
समस्या नआउनलाई के गर्नुपर्छ 
यो समस्याको जड भनेको विशेषगरी सुत्केरी अवस्थामा स्याहार नपुग्दा हुने हुनाले 
सुत्केरी भएको बेलामा आराम गर्नुपर्छ ।
भारी बोक्न र टुक्रुक्क बस्नु हुँदैन ।
खोकी लागेको बेलामा औषधी खुवाउनपर्छ ।
कब्जियत छ भने उपचार गर्नुपर्छ ।
१८ देखि २० महिना अगाडि दोस्रो बच्चा नजन्माउने ।
मधुमेहको परीक्षण गराउने ।

पिसाबको थैलो तल झरेको छ भने त्यसको समाधान भनेको शल्यक्रिया नै हो । यो सँगै चिकित्सको सल्लाह अनुसार हर्मोन क्रिमको प्रयोगले पनि यो रोग निको हुन्छ । यस्तै पिसाब चुहिने समस्यालाई कम गर्न व्यायाम गर्न पनि सकिन्छ । बाटोमा हिँडिरहेका बेलामा पिसाब आएमा रोक्नको लागि हामीले गर्ने क्रियाकलापलाई बारम्बार दोहोर्याउन पनि सकिन्छ । यो व्यायाम दिनमा ३ पटक र एकपल्ट गर्दा १० पटक गर्नुपर्छ । यो अभ्यास गरेको अरुले थाहा पाउँदैनन्, धेरै शक्ति पनि लाग्दैन तर यो व्यायाम सार्है उपयोगी छ । यो व्यायामले मांशपेशीलाई कसिलो बनाउन मद्दत गर्छ । यस बारेमा सम्बन्धित चिकित्सकसँग सल्लाह गर्नु सबैभन्दा उत्तम हुन्छ । 

(नर्भिक अस्पताल थापाथलिका स्त्री रोग विशेषज्ञ बरिष्ट डाक्टर अचला वैद्यसँग सुजाता खत्रीले गरेको कुराकानीमा आधारीत)

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

  • आलोचकलाई नै अलमल्याउने विज्ञ अर्थमन्त्रीको ‘वास्तविक’ बजेट

    मंगलबार अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा बजेट भाषण गरिरहँदा सत्तापक्षका सांसदको अनुहारमा पनि त्यति चमक देखिएन । शिक्षा, रोजगारी, कृषि, भौतिक पूर्वाधार, पर्यटन लगायतका केही आकर्षक कार्यक्रम घोषणा भैरहँदा ताली बजे पनि बजेट सकिएपछि भने बजेटलाई कस्तो भन्नेबारे पूर्व अर्थमन्त्री नै अलमलिए ।

  • सरकारका सय दिन : कुरा ठूला, खुट्टा लुला !

    कम्तीमा पनि सरकारले बितेका सय दिनमा सडकका खाल्डाखुल्डी पुर्न सक्थ्यो । काम भैरहेका ठाउँमा धुलो कम गर्न ठेकदारलाई बाध्य पार्न सक्थ्यो । काठमाडौंबाट नागढुंगा पुुग्ने, हेटौडा जाने जस्ता सयौं असजिला सडकलाई गिटी हालेर वा माटो पेलेर सहज बनाउन सक्थ्यो ।

  • ​कोरियामा धन देखेर मन हराएकाहरु

    हिजोआज दक्षिण कोरियामा रहेका नेपालीमाझ सामाजिक सञ्जालमार्फत नेपालीले नेपालीमाथि गरेको अमानवीय दुव्र्यवहारको चर्चा एकाएक चुलिएको छ ।

  • मुख्यमन्त्री शेरधन राईलाई खुल्ला पत्र

    सबैलाई एकजुट बनाउनुस् जनता छन् जागेका, हेर्न मन छ मिक्लाजुङ चढ्न पर्यटक ताँती लागेका । सुनसरीमा खेती सनपाट र केराको, खान पाइयोस् चामल डिहिटार र सेराको । लेगुवाका माछा गुद्रीमा बिकुन्, प्रदेश हाम्रो हेरी अरुले सिकुन् ।

  • ​कम्युनिष्ट मन्त्रीको सम्पत्तिमा दम्पती विवरण !

    हुन त उनी दाइजोका कट्टर विरोधी हुन् । बिहे पनि जनवादी ढंगले भएको हो । प्रगतिशील मान्छेको जनवादी बिहेमा दाइजो आउने कुरा भएन । तर बिहेको दिन नआएर के भयो ! श्रीमतीकै बाआमाले दाइजो दिनुपर्छ भन्ने के छ ? यो त परम्परावादी सोच भयो ।

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया