MENU

अर्थ

Ncell Axiata
sagun

​स्थानीय चुनावले सुनको कारोबर घटयो

काठमाडौं, असार २९ – सुन चाँदीको मुख्य कारोबांर हुने वैशाख र असार  महिनामा भएको स्थानीय तह चुनावले कारोबारमा आधाले कम आएको छ । दैनिक ५० किलो सुनको कारोवार हुने वैशाख महिनामा भएको पहिलो चरण चुनावले गर्दा २५–३० किलोको मात्र कारोवार भएको ब्यवसायीले बताएका छन् ।

दैनिक ४० किलो सुनको कारोबार हुने असार महिनामा पनि दोस्रो चरण चुनाव भएपछि २०–२५ किलोमात्र कारोवार भएको सुनचाँदी ब्यवसायी महासंघका पूर्व अध्यक्ष तेजरत्न शाक्यले जानकारी दिनुभयो । चुनावको समयमा मतादानको लागी सबैजना आफनो क्षेत्रमा गएको र विवाह पनि कम भएकाले सुनको कारोवारमा कमी आएको उहाँले बताउनुभयो । विवाहको मुख्य सिजनको रुपमा रहेकोे वैशाख र असार महिनामा पहिलो र दोस्रो चरणको स्थानीय चुनाव भएको थियो ।

‘०७४ सालको सुरु देखिनै सुनको भाउमा उतार–चढाव र चुनावले गर्दा कारोवार सोचेको जस्तो भएन’ शाक्यले भन्नुभयो, ‘अब चाडवाडको सिजन आएकाले कारोवारले गति लिने विश्वास छ ।’ यो सालको सुरुवातमा ५५ हजार रुपैयाँमा कारोवार भएको सुनको मूल्य घटेर ५२ हजार ८ सय रुपैयाँ सम्म आएको थियो । सुनको मुल्यमा ओरालो लाग्न थालेपछि नागरिकमा सुनको मुल्यमा अझै गिरावट आउने आशले पनि सुनको कारोवारमा कमी आएको हुनसक्ने उहाँले  बताउनुभयो । 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Joktantra
पछिल्ला समाचारहरु

सोसल मिडिया