MENU

साहित्य/ कला

Ncell Axiata

खल्लो भयो दार्जीलिङमा भानु जयन्ती

काठमाडौं, असार २९ – नेपाली साहित्य अध्ययन समिति अनि गोर्खाल्याण्ड कोअर्डिनेसन कमिटीको संयुक्त आयोजनामा बिहीबार कालेबुङ त्रिकोण पार्कमा अवस्थित भानुभक्तको सालिकमा माल्यार्पण गरि २०४औं भानुजयन्ती मनाइयो ।विगतका वर्षहरूमा टाउन हलमा विविध कार्यक्रमसहित भानु जयन्ती मनाइने  गरेको भए पनि दार्जीलिङमा चलिरहेको आन्दोलनको कारण यसपाली केवल सालिकमा माल्यार्पण गरेर भानु जयन्ती मनाइयो । 

समितिका अध्यक्ष ज्ञान सुतार, सचिव बलभद्र शर्मा आदिको पहलमा गरिएको कार्यक्रममा विभिन्न शैक्षिक संस्थान, राजनैतिक दलका नेताहरु, प्रशासनिक अधिकारीहरूको उपस्थिति रहेको थियो । 

सूचना तथा सांस्कृतिक विभागको आयोजनामा  पनि जिल्ला अधिकारीको कार्यालयमा २०४ औं भानु जयन्ती मनाइयो । कार्यक्रममा सहभागी भएका विभिन्न व्यक्तित्वले भानुभक्तले भाषा र साहित्यमा पुर्‍याएको योगदानबारे चर्चा गर्नुभएको थियो । 

गत वर्षहरुमा दार्जीलिङलगायतका ठाउँमा भानु जयन्ती उल्लासका साथ मनाइए पनि यसपल्ट आन्दोलनले गर्दा केही औपचारिक कार्यक्रम मात्रै गरेर भानुजयन्ती मनाइएको छ । 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

  • ‘ओ नायक !’ को विमोचनसँगै कविता विमर्ष

    काठमाडौं, माघ ६ – अहिलेको सन्दर्भमा भानुभक्त फेल भैसकेको बताउँदै मुकारुङले भुपी सेरचनका केही कविता अहिले मनोज गजुरेलका ठट्टा जस्ता लाग्ने बताए ।

  • ‘न्यूरोड ग्याङ’ द्वारा नयनराजको ‘यार’ विमोचन

    काठमाडौं, पुस २९ –साहित्यकार नयनराज पाण्डे संस्मरणात्मक पुस्तक ‘यार’ लिएर पाठकमाझ आएका छन् ।

  • स्रष्टा सम्मानित

    भक्तपुर, पुस २४ – भक्तपुर साहित्यिक समाजको १९ औँ स्थापना दिवसको अवसरमा तीन जना स्रष्टालाई सम्मान गरेको छ ।

  • हैसियत (कथा)

    एकछिन उ घोरियो - कुनै भाउँतो आइलाग्ला भनेर पो हो कि हाकिमसाबले मोबाइल नउठाएको, ल्यान्डलाइन फोनमा म्याडमलाई बोल्न लगाएको ! कि बुढाले वर्ग विभाजनको रेखा ख्याल गर्न थाले !

  • अग्लो बौद्धिक उचाइ

    चिउँडा वरिपरि झुस्स दारी राखी छाड्ने, प्रायः काँधमा सानो ब्याग बोक्ने, हँसिलो अनुहारका टङ्क न्यौपाने...

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया