MENU

अर्थ

Ncell Axiata
sagun

एनसेलबाट कर असुल्न लेखा समितिको निर्देशन

काठमाडौं, असार २९ – संसदको लेखा समितिले एनसेलबाट करबापतको बाँकी रकम तत्काल लिन सरकारलाई निर्देशन दिएको छ । एनसेलले पुँजीगत लाभकर, ब्याज र जरिवाना गरेर ६० अर्ब ७१ करोड तिर्नुपर्नेमा २३ अर्ब ५७ करोड ४२ लाख मात्र बुझाएको छ । 

समितिको बिहीबार बसेको बैठकले एनसेलले तिर्न बाँकी रकम तत्काल असुल्न अर्थ मन्त्रालयलाई निर्देशन दिएको हो । समितिले आजियाटा र टेलियासोनेराले तिर्नुपर्ने कर, ब्याज र जरिवानाको सबै विवरण बुझाउन पनि मन्त्रालयलाई निर्देशन दिएको छ । 

त्यस्तै, पुँजीगत खर्च बढाउन र असारे विकास रोक्न पनि समितिले निर्देशन दिएको छ । समितिले  वैदेशिक भ्रमण धेरै भएकाले भ्रमणको विवरण पेश गर्न प्रधानमन्त्रीको कार्यालय र अर्थलाई निर्देशन समेत दिएको छ । बैठकमा अधिकांश सांसदले एनसेलबाट बाँकी कर असुल गर्न माग गरेका थिए । 

सांसद रामहरी खतिवडाले नेता र कर्मचारीको मिलेमतोमा छुट दिने तयारी भएको आरोप लगाए । बिकास लम्सालले पनि एनसेललाई छुट दिन लागेको आरोप लगाए । समितिमा १२ जना सांसदले नै एनसेलसँग कर उठाउन माग गरेका थिए ।  

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Joktantra
पछिल्ला समाचारहरु

सोसल मिडिया