MENU

अर्थ

Ncell Axiata
chhaka panja

​रसुवाको कालिका गाउँपालिकाको १५ लाख राजस्व

रसुवा, असार २९ – रसुवाको कालिका गाउँपालिकामा वार्षिक १५ लाख रुपैयाँ राजश्व उठ्ने अनुमान गरिएको छ ।गाउँपालिकमा रहेको राजश्व समितिले वार्षिक १५ लाख रुपैयाँ राजश्व उठाउने गरी अनुमानित बजेट पास गरेको छ । 

पाँचवटा वडा रहेको गाउँपालिकामा प्रत्येक वडाबाट तीनलाख रुपैयाँ राजश्व उठ्ने अनुमान  सहित बजेट पास गरिएको गाउँपालिकाको प्रमुख सीता अधिकारीले जानकारी दिनुभयो । 

गाउँसभाले सम्पत्ति, घर बहाल, घरजग्गा रजिष्ट्रेशन, सेवाशुल्क, सेवा सिफारिसको दस्तुर, व्यवसाय कर, मालपोत, दण्ड जरीवाना, मनोरञ्जनलगायत राजस्व शीर्षक तोकेको गाउँपालिका प्रमुख अधिकारीले बताउनुभयो । 

पाँचवटा गाउँपालिका रहेको रसुवामा अन्य गाउँपालिकाले पनि बैठकको तयारी भएको बताएका छन् । उत्तरगया गाउँपालिकाका अध्यक्ष उपेन्द्र लम्सालकाअनुसार बजेट बनाउने तयारी भइरहेको छ । 

शुक्रबार राजश्व समितिको बैठक बसेर आवश्यक निर्णय गरिने उहाँको भनाई छ । त्यसैगरी गोसाइँकुण्ड गाउँपालिकाले राजश्व समितिको बैठक साउन ५ गते वोलाएको छ । 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
western union
nepali women
पछिल्ला समाचारहरु

सोसल मिडिया