MENU

मनोरञ्जन

Ncell Axiata
sagun

अमिताभ बच्चनलाई ३२ रुपैयाँ पठाउँदै कुमार विश्वास

असार २९ – आफ्ना पिता हरिवंश राय बच्चनको कविता पाठ गरेको भन्दै अमिताभ बच्चनले कुमार विश्वासलाई लिगल नोटिस पठाएका थिए ।  हरिवंश राय बच्चनको कविता पढेकै कारण लिगल नोटिस पाएपछि आम आदमी पार्टीका नेता तथा कवि कुमार विश्वासले अमिताभलाई ट्वीटरमा जवाफ दिएका छन् । उनले उक्त कविता पढेबापत जम्मा ३२ रुपैयाँ कमाएको र त्यो पनि पठाइदिने उल्लेख गरेका छन् ।

बुधबार बेलुका विश्वासले ट्वीटरमा लेखेका छन्, ‘कैयौं कविका कविता पढेँ, सधैं उनीहरुको परिवारजनबाट पैशंसा पाएँ तर तपाईँले लिगल नोटिस पठाउनुभयो । बाबुजीको सम्मानमा बनाएको भिडियो पनि डिलेट गर्दैछु । साथै ३२ रुपैयाँ पनि पठाउँदै छु, जुन माग गरिएको थियो, नमस्कार !’

कुमार विश्वासले पहिले नै हरिवंश राय बच्चनको कविता भएको विवादित भिडियो हटाएका थिए । अमिताभ बच्चनले कुमार विश्वासले प्रतिलिपी अधिकारको उल्लंघन गरेको भन्दै लिगल नोटिस पठाएका थिए । अमिताभले ट्वीट गर्दै लेखेका थिए, ‘यसरी कविता पाठ गर्नु कपिराइटको उल्लंघन गर्नु हो । यसको विरुद्ध मेरो लिगल टिमले कारबाही गर्नेछ ।’

कुमार विश्वासले केही दिन अगाडि एक समारोहमा हरिवंश राय बच्चनको कविता ‘नीड का निर्माण’ पढेका थिए । जसबाट अमिताभ बच्चन दुखी भएका थिए । प्राय विवादबाट टाढा रहने अमिताभ बच्चन पछिल्लो प्रकरणमा भने विवादमा तानिएका छन् । पछिल्लो प्रकरणलाई लिएर मिश्रित प्रतिक्रिया आएका छन् । केहीले अमिताभको पक्षमा समर्थन गरेका छन् भने केहीले अमिताभलाई साहित्यिक र भौतिक सम्पत्तिमा फरक भएको कुरा बुझेन आग्रह गरेका छन् । 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Joktantra
पछिल्ला समाचारहरु

सोसल मिडिया