MENU

खेल

Ncell Axiata
chhaka panja

विश्वकप क्रिकेट छनौटका लागि नेपाली टोलीको घोषणा, को–को परे टोलीमा ?

काठमाडौं, असार २९ – सन् २०१८ मा न्युजिल्याण्डमा हुने उन्नाइस वर्ष मुनिको विश्वकप क्रिकेट प्रतियोगिताको छनौटका लागि नेपाली टिममा पर्न सफल १४ खेलाडीको सूचि सार्वजनिक गरिएको छ । आइसिसी एसियाका चिफ डेभलपमेन्ट अफिसर बेंकटापथी राजु प्रमुख रहेको छनौट समितिले नेपाली खेलाडीहरुको सूचि सार्वजनिक गरेको हो । समितिमा नेपाली राष्ट्रिय टोलीका प्रशिक्षक जगत टमाटा र उन्नाइस वर्ष मुनिीका टोलीका प्रशिक्षक बिनोद कुमार दास पनि रहेका थिए ।  

नेपाली टोली यही असार ३१ गते सिंगापुर प्रस्थान गर्दैछ । नेपालले अफगानिस्तान, सिंगापुर र मलेसियासँग विश्वकप प्रवेशका लागि प्रतिष्पर्धा गर्दैछ । 

नेपाली टोलीमा पर्न सफल  खेलाडी

१. सन्दिप लामिछाने (कप्तान)
२. दिपेन्द्र सिंह ऐरी
३. मोहम्मद असिफ शेख
४ं सन्दिप सुनार
५. प्रकाश केसी
६.अनिल कुमार साह
७. पवन सर्राफ
८. रोहित कुमार पौडेल
९. ललित नारायण राजवंशी
१०.प्रनित थापा मगर 
११. अदिल खान
१२.किशोर महतो 
१३. रिजन ढकाल
१४. शहाब आलम

वैकल्पिक खेलाडी

१. सन्दिप जोरा
२. विक्रम कुमार भुसाल
३. रसिद खान
४. सुशान्त सिंह थापा 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
western union
nepali women
पछिल्ला समाचारहरु

सोसल मिडिया