MENU

यो पनि समाचार

ujyaalo forign call inside

‘आफ्नो बिहेमा मरिसकेको छोरो भेटेर अचम्ममा परिन् दुलही’

असार ३० – अमेरिकाको अलास्कामा बिहेको बेला अचम्मको घटना घटेको छ । आफूले विवाह गर्न लागेको केटाले दिएको उपहारले दुलही बनेकी बेकी टर्नी दंग भइन्, उनको गला अवरुद्ध भयो ।  

दुलाहा बनेका केलीले बेकीलाई उनको मरिसकेको भनिएका छोराको याद दिलाएर उपहार दिएका थिए । बेकीका छोरा सन् २०१५ मा १९ वर्षको उमेरमा बितेका थिए । उनको छोराको मुटु पत्यारोपण गरेका युवक ज्याकव किल्वीलाई भेटाएर केलीले बेकीलाई अचम्मित पारेका हुन् । केलीले आफूले बेकीलाई भेटाउने बारे चार पाँच महिना पहिले नै ज्याकवसँग सल्लाह गरेको बताएका छन् । उनले सबैलाई आफ्ना अंग दान गर्नुपर्ने प्रेरणा दिएको बताएका छन् । 

४० वर्षकी बेकीले पनि आफ्नो छोराको मुटु प्रत्यारोपण गरेका ज्याकवको धडकन स्टेथेस्कोप लगाएर सुनेकी थिइन् । उनको यही तस्बिर अहिले सामाजिक सञ्जालमा निकै फैलिएको छ । ज्याकवले आफू निकै भावुक भएको बताएका छन् । ‘यो प्रेम र दुई परिवारको मिलन थियो’ उनले भने ।  

ज्याकव बिहेको समारोहमा उपस्थित हुन ४ हजार ८ सय किलोमिटरको यात्रा गरेर आएका थिए । मानिसहरुले मुटु दान गरेर अरुको ज्यान जोगाउन गरेको कामको निकै प्रशंसा गरेका छन् ।  

बिबिसीको रिपोर्टमा अाधारित । मूल लेख यहाँ पढ्न सक्नुहुन्छ ।

 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया