MENU

राजनीति

Ncell Axiata
chhaka panja

११ अर्व भ्रष्टाचार ! महानिर्देशक शर्मासहित तीनजना विरुद्ध आज मुद्दा, ३३ अर्व मागदावीको तयारी

काठमाडौं, असार ३० – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आन्तरिक राजश्व विभागका महानिर्देशक चुडामणी शर्मासहित तीनजनाविरुद्ध अनियमितताको मुद्दा दायर गर्ने तयारी गरेको छ ।

अख्तियारले मुद्दा दायर गर्ने तयारीसहित शर्मालाई बिहीबार नै विशेष अदालतमा उपस्थित गराए पनि फाइल रुजु गर्न नभ्याएपछि शुक्रबार मात्र मुद्दा दायर गर्ने तयारी गरेको हो । कर फछ्र्योट आयोगमा रहँदा शर्मा तथा आयोगका सदस्यहरु लुम्बध्वज महत र उमेश ढकालले झण्डै ११ अर्ब रुपैयाँ राज्यलाई घाटा पुर्याएको दावीसहित अख्तियारले मुद्दा दायर गर्न लागेको हो ।

अहिलेसम्म अध्ययन गरेका ४५ वटा फाइलबाट १० अर्ब ९७ करोड रुपैयाँ अनियमितता गरेको देखिएको अख्तियारले जनाएको छ । तीनैजनालाई विगो र जरिवाना गरि ३३ अर्व रुपैयाँ मागदावी गर्ने अख्तियारको तयारी छ ।

शर्मालाई शुक्रबार नै सर्वोच्च अदालतमा उपस्थित गराइँदैछ । उहाँकी श्रीमतीले शर्मालाई गैरकानूनी हिरासतमा राखिएको दावीसहित तत्काल रिहा गर्न माग गर्दै दायर गरेको रिटमा सर्वोच्चले शर्मालाई शुक्रबार अदालतमा उपस्थित गराउन निर्देशन दिएको थियो ।

   

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
western union
nepali women
पछिल्ला समाचारहरु

सोसल मिडिया