MENU

अर्थ

Ncell Axiata

​रियाल, दिनार, रिंगिट र दिर्हामको मूल्य कमजोर

काठमाडौं, असार ३० – नेपाल राष्ट्र बैंकले आज तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर २७ रुपैयाँ ४२ पैसा र विक्रिदर २७ रुपैयाँ ५८ पैसा रहेको छ । त्यस्तै, कतारी रियाल एकको खरिददर २८ रुपैयाँ २३ र विक्रिदर २८ रुपैयाँ ४० पैसा छ ।

युएई दिर्हाम एकको खरिददर २७ रुपैयाँ ९९ पैसा र विक्रिदर २८ रुपैयाँ १६ पैसा तोकेको छ । मलेसियन रिंगिट एकको खरिददर २३ रुपैयाँ ९५ पैसा र विक्रिदर २४ रुपैयाँ ०९ पैसा रहेको छ ।

कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ०४ पैसा र विक्रिदर ९ रुपैयाँ १० पैसा रहेको छ । एक कुवेती दिनारको एकको खरिददर तीन सय ३९ रुपैयाँ ३० पैसा छ भने विक्रिदर तीन सय ४१ रुपैयाँ २८ पैसा रहेको छ ।

एक बहराइन दिनारको खरिददर दुई सय ७२ रुपैयाँ ५६ पैसा र विक्रिदर दुई सय ७४ रुपैयाँ १५ पैसा रहेको छ । नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Job Vacancy
पछिल्ला समाचारहरु

सोसल मिडिया