MENU

अन्तर्राष्ट्रिय

Ncell Axiata
sagun

​चीनसँगको विवाद समाधान गर्न भारतले कुटनीतिक पहल थाल्ने

असार ३० – चीनसँगको विवाद समाधान गर्न भारतले कुटनीतिक पहल थाल्ने भएको छ । भारतीय सञ्चार माध्यमहरुका अनुसार सीमा क्षेत्रको विवाद समाधान गर्न भारतले कुटनीतिक प्रयास थाल्ने तयारी गरेको हो । 

चीनमा हुन लागेको ब्रिक्स राष्ट्रको सम्मेलनमा भारतीय राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोवाल सहभागी हुने र उहाँले त्यहाँ रहँदा चीनको राष्ट्रिय सुरक्षा सल्लाहकारसँग विवाद समाधानका विषयमा कुरा गर्ने खबरमा उल्लेख छ । 

भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र चीनका राष्ट्रपति सि जिङ पिङबिच केही दिनअघि ब्रिक्स सम्मेलनका दौरान ह्यामवर्गमा भेट भएको र विभिन्न मुद्दामा कुराकानी भएको भारतीय पक्षले दावी गरिरहे पनि चीनले त्यस्तो कुनै भेटघाट र कुराकानी नभएको जनाएको छ । 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Joktantra
पछिल्ला समाचारहरु

सोसल मिडिया