MENU

राजनीति

Ncell Axiata
chhaka panja

भरतपुरको मत गनेको गन्यै छौ : एमाले अध्यक्ष ओली

काठमाडौं, असार ३० – पूर्व प्रधानमन्त्री एवं एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तहको चुनावबाट निर्वाचित जनप्रतिनिधिको ५ वर्षे कार्यकाल इतिहासमा उल्लेखनीय हुनुपर्ने बताउनुभएको छ । संघीय, प्रदेश र स्थानीय गरी तीन तहका सरकारले लोकतन्त्र, विकास र संमृद्धिको लागि महत्वपूर्ण काम गर्ने विश्वास व्यक्त गर्नुभयो । काठमाडौं महानगरपालिकाको प्रथम नगरसभालाई उद्घाटन गर्दै उहाँले महानगर, उपमहानगर, नगर र गाउँपालिकाले सहकार्य गर्दै अगाडी बढ्नुपर्नेमा जोड दिनुभयो । 

विकासमा अझै पनि पछाडि परेकोमा ओलीले टिटी बलसँग तुलना गर्नुभयो । उहाँले भन्नुभयो ‘जे मा पनि हामी पछाडि पर्ने ? टेवल टेनिसको बल कत्रो हुन्छ र ?

त्यो फ्याक्न पनि नेपाली फस्ट हुन नसक्ने/नपाउने ? बोक्न नसक्ने पनि होइन, हान्न नसक्ने पनि होइन अझ नेपाली अगाडि नलागिकन कोही पनि सगरमाथा चढ्न सक्दैन । बिना अक्सिजन सगरमाथा चढ्न सक्ने, ८/८ घण्टामा चुचुरोमा पुग्ने तर टिटी बलमा पछाडि पर्ने । यो अब हुँनै सक्दैन । हरेक क्षेत्रमा नेपाली अगाडि बढ्नुपर्छ ।

२ नम्वर बाहेक अरु प्रदेशमा पहिलो र दोस्रो चरणमा चुनाव भैसक्यो जनप्रतिनिधि आइसक्नुभएको छ । २ नम्बरमा पनि तेस्रो चरणमा चुनाव हुँदैछ । पहिलो चरणमा चुनाव भएको भरतपुर महानगरमा मात्रै अपवाद भयो उहाँले भन्नुभयो ‘मत गनेको गन्यै छ । भ्याउनै गाह्रो भयो ।’ 

स्थानीय तह मध्ये राजधानी महानगर भएकाले काठमाडौं महानगरले सहकार्यको सन्देश दिनुपर्ने भन्दै उहाँले निर्वाचित मेयर, उपमेयर, वडाअध्यक्ष, सदस्य र कार्मचारीले मिलेर काम गर्नुपर्ने बताउनुभयो ।

सामाजिक न्याय र समानतालाई पनि जनप्रतिनिधिले प्राथमिकतामा राख्नुपर्ने भन्दै ओलीले भन्नुभयो ‘जाँड खाएर कसैले श्रीमती कुटिरहेको छ, घरघर दिमाग–दिमागमा फोहोर छ भने सडक चौडा पार्दैमा र चोक सफा राख्दैमा विकासको अर्थ हुँदैन ।’

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
western union
nepali women
पछिल्ला समाचारहरु

सोसल मिडिया