MENU

राजनीति

Ncell Axiata

मतदाता नामावली संकलनको समयसीमा बढाउन आयोगसँग कांग्रेस, माओवादीको आग्रह

काठमाडौं, असार ३० – सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा (माओवादी) केन्द्रले प्रदेशसभा र प्रतिनिधिसभा सदस्य चुनावका लागि हुने फोटोसहितको मतदाता नामावली संकलनको समयसीमा साउन मसान्तसम्म बनाउन निर्वाचन आयोगसँग आग्रह गरेका छन् ।  

दुई दलका नेताहरुले प्रमुख आयुक्त डा. अयोधीप्रसाद यादवसहितका आयुक्तहरुसँग भेट गरी साउन भरी मतदाता नामावली संकललनका लागि समय राख्न आग्रह गरेका हुन् । दुई दलका नेताहरुको छुट्टा छुट्टै टोलीले आयोगका पदाधिकारीलाई भेटेर मध्य वर्षायामा हुन लागेको मतदाता नामावली संकलनको समयावधि बढाउन, आफू रहेकै स्थानबाट मतदाता नामावली दर्ता गर्न र सबै स्थानीय तहमा मतदाता नामावली संकलन गर्ने व्यवस्था मिलाउन आग्रह गरेको हो ।

निर्वाचन आयोगले  यस अघिनै साउन १ गतेदेखि १५ गतेसम्म सबै जिल्लास्थित निर्वाचन कार्यालयहरूमा मतदाता नामावली संकलन कार्य सञ्चालन गर्ने निर्णय गरिसकेको छ । आयोगले सो अवधिमा मतदाता नामावलीमा आफ्नो नाम तथा ठेगानामा कुनै त्रुटि भएको भए त्यो सच्याउन, दोहोरो नाम हटाउन वा स्थान परिवर्तन गर्न सम्बन्धित जिल्ला निर्वाचन कार्यालयमा निवेदन दिन सकिने व्यवस्था गरेको छ । 
जवाफमा आयोगले जनशक्तिको, आगामी निर्वाचनको समयसीमा र स्थानीय तहको हालको अवस्था आदिका कारण जिल्ला सदरमुकामबाटै नामावली सङ्कलन गर्ने कार्यलाई भरपुर प्रयोग गर्न उचित हुने बताएका आयोगका कायम मुकायम सचिव महेश्वर न्यौपानेले जानकारी दिनुभयो । 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Job Vacancy
पछिल्ला समाचारहरु

सोसल मिडिया