MENU

राजनीति

Ncell Axiata
sagun

​गढी गाउँपालिकाको बजेट ३० करोड ६७ लाख

मकवानपुर, असार ३० – मकवानपुरको गढी गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि ३० करोड ६७ लाख ८२ हजार रुपैयाँ बराबरको बजेट ल्याएको छ । गढी गाउँपालिकाको शुक्रबार बसेको पहिलो गाउँसभामार्फत गाउँपालिकाका लागि चाहिने बजेट प्रस्तुत गरिएको हो । 

साउन १ गतेबाट लागू हुनेगरी मकवानपुर गढी गाउँपालिकाका अध्यक्ष बिदुर हुमागाँईले आन्तरिक र बाह्य गरी ३० करोड रुपैयाँ भन्दा माथिको बजेट प्रस्तुत गर्नुभयो । 

गाउँपालिकामा आगामी आर्थिक वर्षमा गरिने सबैखालका कार्यक्रम समेटिएको बजेटमा पूर्वाधार विकास, सडक निर्माण र यातायात, सिंचाई, भवन निर्माण तथा बस्ती विकास, विद्युतीकरण एवं वैकल्पिक उर्जा, सूचना तथा सञ्चार, खेलकुद विकास, वन वातावरण, भूसंरक्षण, विपद व्यवस्थापन क्षेत्रमा बजेटले प्राथमिकता पाएको छ । 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Joktantra
पछिल्ला समाचारहरु

सोसल मिडिया