MENU

राजनीति

Ncell Axiata
chhaka panja

कटहरी गाउँसभा चुनाव : मतदातालाई भेडेटार लगियो, कटहरीमा भोट हालियो

सुमन तिमल्सिना/उज्यालो ।

मोरङ, असार ३० – मोरङको कटहरी गाउँपालिकामा धमाधम मतदानको काम भइरहेको थियो । निर्वाचन अधिकृत र सहायक निर्वाचन अधिकृतहरु मतदातालाई मतपत्र बितरण गर्दै थिए । जम्मा ३७ जना मतदाता रहेको कटहरीको यो मतदान गाउँ कार्यपालिका सभाको लागि भइरहेको हो । गत असार १४ मा सम्पन्न भएको मतदानबाट विजयी भएका सबै निर्वाचित जनप्रनिधिले भोट हालेर ५ जनालाई निर्वाचित गराईँदै छ ।  

बिहान १० बजेको समयमा मतदानको क्रम सुरु भइसकेकाले निक्कै चहलपहल देखिन्थ्यो । झण्डै ११ बजे सम्ममा त्यहाँ भएका सबैले मतदान गरिसकेका थिए । तर आधा भन्दा बढी अर्थात २० जना मतदाताहरु कटहरी भन्दा बाहिर नै थिए । त्यो पनि सुनसरीको भेडेटारमा बिहिवार नै पुगिसकेका थिए । उनीहरुले विराटनगर आउन निक्कै समय लागेको बताए । संघीय समाजवादीका एक नेता मृत्युञ्जय झा भन्नुहुन्छ ‘आचार संहिताको उल्लंघन गर्दै भारतको बिहारी हावा नेपालको स्थानीय तहको निर्वाचनमा देखिन थाल्यो ।’

झण्डै १२ बजेर १० मिनेटको समयमा एउटा स्कारपियोसहित ३ वटा मारुतीमा २० जनाको टिम हुँईकिँदै आइपुग्यो । मतदान गर्ने समय सकिन झण्डै ५० मिनेट मात्र बाँकी थियो । सबै टिम आयो मतदान गर्नको लागि लाईनमा बस्नु पर्नेमा उनीहरु लाईनमा बसेनन् अनि सिधै भित्र एउटा कोठामा बसेर जम्मा भएर बाहिर निस्किए । 

उनीहरुको यो अभियानको साथमा थिए, भर्खरै निर्वाचित भएका गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष । अध्यक्ष र उपाध्यक्ष कटहरी गाउँपालिकाले भाडामा लिएको गाडीमा सयर गरेर फर्किएको भेटियो भने अन्य ३ वटा मारुती गाडी भाडामा लिएर गएका थिए । तर यस बारेमा कटहरी गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष रामकुमार कामतलाई सोध्दा उहाँले त्यसरी आचार संहिता उल्लंघन गरेर भेडेटार नगएको प्रतिक्रिया दिनुभयो । 

यसरी २० जनालाई धनकुटाको भेडेटार लैजानुको मुख्य कारण शुक्रबार हुने गाउँसभाको लागि हुने निर्वाचनमा आफ्ना मतदातालाई आफ्नो पकडमा राख्नु अनि आफ्नो एलायन्स बलियो बनाउनु रहेको छ । कांग्रेसले लोकतान्त्रिक फोरमसँग एलायन्स गरेर आफ्नो एकलौटी गाउँसभा बनाउने मनस्थिती अनुसार नेपाल लोकतान्त्रिक फोरमका ४ जना र कांग्रेसका १६ जनासहित २० जना भेडेटार पुगेका थिए । 

यसरी निर्वाचनको बिषयलाई लिएर मतदाता गायव गराउने बिषय नेपालको लागि नयाँ हो । कटहरीमा ७ जना वडा अध्यक्ष, २ जना गाउँ अध्यक्ष उपाध्यक्ष र ६ जना सदस्य रहने गरी गाउँसभा निर्वाचित गराइन्छ । त्यही अनुसार नेपाली कांग्रेस ७ माओवादी केन्द्रबाट ३ एमाले २ फोरम लोकतान्त्रिक २ संघीय र संघीय समाजवादीबाट १ जनाको कटहरी गाउँसभा गठन भएको छ । 

तर भारतको बिहारमा यसरी गाउँसभाको निर्र्वाचनको समयमा एक हप्ता मतादातालाई कसैले थाहा नपाउने गरी नेपालका बिभिन्न स्थानमा ल्याएर राखिएको घटनाहरु बाहिर आइरहेको भएपनि मोरङको विराटनगरसँग जोडिएको कटहरी गाउँपालिकाको यो घटनाले धेरैलाई झस्क्याएको छ । यसले अबको गाउँपालिकाको प्रभावकारीको बिषयमा पनि  प्रश्नहरु उब्जाएको छ । 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

  • ​जलेश्वर नगरपालिकामा राजपा विजयी

    महोत्तरी, असोज ७ - महोत्तरीको जलेश्वर नगरपालिकाको मेयर र उपमेयर राष्टिय जनता पार्टी निर्वाचित भएको छ । राजपाका रामशंकर मिश्रले ५१८० मत ल्याएर जलेश्वरको मेयरमा विजयी हुनुभएको छ भने उपमेयरमा राजपाकै मुनसुनदेवी ४५६६ मतसहित विजयी हुनुभएको छ ।

  • प्रदेश नं २ : ९९ तहको नतिजा सार्वजनिक, कसले कहाँ जिते ?

    काठमाडौं, असोज ७ – प्रदेश नम्बर २ मा भएको स्थानीय तहको चुनावको मतगणना भइरहेको छ । अहिलेसम्म कांग्रेसको अग्रता छ । अहिलेसम्म राष्ट्रिय जनता पार्टी, नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र, फोरम लोकतान्त्रिक, नेपाल संघीय समाजवादी र नयाँ शक्तिले प्रमुख पद जितेका छन् ।

  • रौतहटका दुई स्थानीय तहको नतिजा आउन बाँकी, यस्तो छ पछिल्लो नतिजा

    रौतहट, असोज ७ – रौतहटका १८ स्थानीय तहमध्ये १६ वटाको मतपरिणाम सार्वजनिक भैसकेको छ । कांग्रेसले ८, संघीय समाजवादी फोरमले ३, माओवादीले २, राजपाले २ तथा लोकतान्त्रिक फोरमले १ तहमा जित हासिल गरेका छन्

  • वीरगञ्ज महानगरको पछिल्लो परिणाम, कांग्रेसको अग्रता, माओवादीभन्दा एमाले अघि

    पर्सा, असोज ७ – प्रदेश नम्बर २ को एकमात्र महानगरपालिका वीरगञ्जमा नेपाली कांग्रेस अघि छ । ८४ हजार भन्दा बढी मत खसेकोमा ३२ हजार ९ सय ५४ मत गन्दा कांग्रेसले अग्रता कायम गरेको छ ।

  • प्रचण्डको चुनाव क्षेत्रमा माओवादीको जित

    सिरहा, असोज ७ – पूर्व प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निर्वाचित सिरहाको तत्कालिन क्षेत्र नं. ५ का सबै स्थानीय तहमा माओवादी केन्द्रले एकछत्र विजय हासिल गरेको छ ।

सबै हेर्नुहोस
western union
nepali women
पछिल्ला समाचारहरु

सोसल मिडिया