MENU

राजनीति

Ncell Axiata
sagun

मेयरको मौखिक आदेश, करारका कर्मचारी निष्काशित

सोलुखुम्बु, असार ३० – सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिकामा करार सेवामा कार्यरत कर्मचारीले आफूहरुलाई मौखिक जानकारी गराएर कामबाट निष्काशित गराएको भन्दै आपत्ति जनाएका छन् ।  

इन्जिनियर सजिना शेर्पालगायत १२ जना कर्मचारीले संयुक्त रुपमा विज्ञप्ती जारी गर्दै आफूहरुलाई कामबाट मुक्त गराउने निर्णय लिखित रुपमा आइतबारसम्म आउनुपर्ने माग गरेका छन् । 

नगरपालिकाको कार्यालय स्थापनाको सुरुवातदेखि करारमा रहेर सेवा दिएका कर्मचारीले सोलुदुधकुण्ड नगरपालिकाका मेयरले एक दिनमै एकलौटी निर्णय गरेर मौखिक जानकारी गराएर आफूहरुलाई निकालेको आरोप लगाएका छन् । 

करारमा कार्यरत कर्मचारीहरुमा इन्जिनियर शेर्पा, सवइन्जिनियर ऋषिकेश तुम्ब्रोक, असिसटेण्ट सव–इन्जिनियर शरणकुमार राई, अमिन राजकुमार ढकाल, खरिदार चक्रबहादुर बस्नेत, सवारी चालक कुलबहादुर श्रेष्ठलगायत ६ जना छन् । 

दुधकुण्ड नगरपालिकाका मेयर नाम्गेलजाङ्बु शेर्पाले भने करारमा रहेको कर्मचारीको सम्झौताको म्याद सकिएकाले निकालेको बताउनुभयो । उहाँले जिल्ला समन्वय समितिबाट आइतबारदेखि कर्मचारी आउने भन्दै सेवाग्राहीलाई कुनै समस्या नहुने उहाँले जिकिर गर्नुभयो । 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Joktantra
पछिल्ला समाचारहरु

सोसल मिडिया