MENU

राजनीति

Ncell Axiata

काठमाडौं महानगरको नगरसभा आज पनि

 

काठमाडौं, असार ३१ – काठमाडौं महानगरपालिकाको प्रथम नगरसभाको बैठक शनिबार दिउँसो ३ बजे फेरि बस्ने भएको छ । शनिबार आर्थिक र विनियोजन विधेयकमाथि छलफल हुन सकेमा कामपाको बजेट पारित हुने कामपाका सञ्चार अधिकृत चन्द्रमणि भट्टराईले जानकारी दिनुभयो । 

शुक्रबारको बैठक शनिबार ३ बजेसम्मका लागि स्थगन भएको थियो । सभाको पहिलो दिन शुक्रबार ९ बुँदे नीति तथा कार्यक्रम भने पारित भएको छ । 

सभाको पहिलो दिन शुक्रबार नीति तथा कार्यक्रम प्रस्तुत गर्दै कामपा प्रमुख विद्यासुन्दर शाक्यले इ–ट्वाइलेट निर्माण, भर्टिकल र अण्डरग्राउण्ड कार पार्किङ तथा आधुनिक र सुविधायुक्त बस सेवा सञ्चालनमा ल्याइने बताउनुभएको थियो। 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Job Vacancy
पछिल्ला समाचारहरु

सोसल मिडिया