MENU

अन्तर्राष्ट्रिय

Ncell Axiata
USAID

कानून र अनुशासन नमानेको भन्दै मकाउका पूर्व महान्यायाधिवक्तालाई २१ वर्ष जेल

 

काठमाडौं, असार ३१ – चीनको विषेश प्रशासनिक क्षेत्र मकाउका पूर्व महान्यायाधिवक्ता हो चिओ मेङलाई २१ वर्षको जेल सजाय सुनाइएको छ । विषेश प्रशासनिक क्षेत्रको अदालतले अन्तिम फैसला भन्दै २१ वर्ष जेल सजाय तोकेको मकाउ डेली टाइम्समा खबर छ ।   

चिओ मेङले लामो समयसम्म धेरै नियम कानून उलङ्घन गरेकाले उहाँविरुद्धको मुद्दा निकै जटिल बनेको न्यायाधीशहरूले ठहर गरेका छन् । उहाँको जस्तो अवस्था दुर्लभ र अपवाद जस्तो भएको पनि न्यायाधीशहरूको बुझाई छ । 

मकाउ प्रशासनिक क्षेत्रको एउटा सार्वजनिक निकायको प्रमुखको हैसियतमा चिओ मेङले लामो समय काम गर्दा पदीय जिम्मेवारी र अधिकारको दुरूपयोग गर्नुका साथै कानून र अनुशासनको उलङ्घन गरेको पाइएको छ । कानून र अनुशासनको उलङ्घन गरेको आरोप लागेपछि उहाँलाई सन् २०१६ को डिसेम्बरमा नियन्त्रणमा लिइएको थियो । 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

  • ह्वाइट हाउसका प्रेस सचिवले दिए राजीनामा

    साउन ७ – अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउसका प्रेस सचिव अर्थात प्रवक्ता शन स्पाइसरले राजीनामा दिएका छन् ।

  • कतारका राजा प्रतिबन्धबारे पहिलो पटक बोले, वार्ताका लागि आह्वान

    साउन ७ – छिमेकी देशको प्रतिबन्ध खेपिरहेको कतारका राजाले वार्ताबाट समस्याको समाधान खोज्न आह्वान गर्नुभएको छ । प्रतिबन्धपछि पहिलोपटक वक्तव्य जारी गर्नुभएका कतारका राज शेख तमिम बिन हमाद अल थानीले समस्या समाधानका लागि वार्तामा आउन छिमेकी देशसँग आग्रह गर्नुभएको हो ।

  • अमेरिकाले उत्तर कोरिया भ्रमणमा प्रतिबन्ध लगाउने

    साउन ७ – अमेरिकाले आफ्ना नागरिकलाई उत्तर कोरियाको भ्रमणमा प्रतिबन्ध लगाउने भएको छ । अमेरिकी विदेश मन्त्रालयले उत्तर कोरियाको भ्रमणमा प्रतिबन्ध लगाउँदै आफ्ना नागरिकको त्यहाँको भ्रमण रोक्ने तयारी गरेको हो ।

  • ग्रिस र टर्कीमा शक्तिशाली भूकम्प, दुईजनाको मृत्यु

    साउन ६ – ग्रिस र टर्कीको सीमा रहेको इजियन सागर गएको शक्तिशाली भूकम्पका कारण दुईजनाको ज्यान गएको छ । टर्की तथा ग्रिसको तटीय क्षेत्रमा नजिक केन्द्रविन्दु भएर ६ दशमलव ७ रेक्टर स्केलको भूकम्प गएको हो ।

  • एड्सका कारण हुने मृत्युदर आधा घट्यो

    साउन ६ – एचआइभी एड्सका कारण हुने मृत्युदर पछिल्लो एक दशकमा आधाले कमी आएको देखिएको छ । पछिल्लो तथ्यांक अनुसार गएको वर्ष सन् २०१६ मा विश्वभरमा एचआइभी/एड्सका कारण १० लाख मानिसको ज्यान गएको थियो । यो १० वर्षअघिको भन्दा आधाले कम हो ।

सबै हेर्नुहोस
Job Vacancy
पछिल्ला समाचारहरु

सोसल मिडिया