MENU

राजनीति

Ncell Axiata
sagun

नगर क्षेत्रभित्र जीवित संग्रहालय स्थापना गरिने

भक्तपुर, असार ३१ –  भक्तपुरका दुई स्थानीय तहले आफ्नो प्रथम नगर परिषद् शुक्रबारदेखि शुरु गरेका छन् । 

मध्यपुरथिमि र चाँगुनारायण नगरपालिकाले आव ०७४/०७५ का लागि नीति, बजेट तथा कार्यक्रम सार्वजनिक गरेका छन् । चाँगुनारायण नगरपालिकाले स्थानीय सरकारको झल्को दिने शैलीमा आफ्नो नगर परिषद् सञ्चालन गरेको छ । ‘सुशासनयुक्त, सक्षम, समृद्ध स्थानीय सरकारः पर्यटन, संस्कृति, सम्पदा चाँगुनारायणको आधार’ भन्ने नाराका साथ शुरु भएको परिषद्मा नगर प्रमुख सोम मिश्रले ५७ करोड १२ लाख २८ हजार रुपैयाँको बजेट सार्वजनिक गर्नुभयो । 

परिषद्ले एक वर्षभित्र आफ्नै भवन निर्माण गर्ने, पर्यटकीय क्षेत्रमा इलाइबे्री र फ्रि वाइफाइको व्यवस्था गर्ने, नगर क्षेत्रका सडक सञ्जालमा सबै नगरवासीको पहुँच पु¥याउनेलगायत कार्यक्रम अघि सारेको छ । 

त्यसैगरी मध्यपुरथिमि नगरपालिकाले ७३ करोड ९८ लाख ८९ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ । नगर प्रमुख मदनसुन्दर श्रेष्ठले १७ करोड ६५ लाख रुपैयाँको चालु खर्च र ५६ करोड ३३ लाख रुपैयाँको पूँजीगत खर्च गर्ने गरी बजेट, नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभयो । 

परिषद्ले सांस्कृतिक तथा सम्पदायुक्त घना बस्तीको संरक्षण गर्ने, मनोहरा र हनुमन्ते खोलाको अतिक्रमण रोकी हरियाली क्षेत्रसहितको चक्रपथ निर्माण गर्ने, कलासंस्कृतिलाई एकीकृत गरी नगर क्षेत्रभित्र जीवित संग्रहालय स्थापना गर्नेलगायत नीति तथा कार्यक्रम अघि सारेको छ । 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Joktantra
पछिल्ला समाचारहरु

सोसल मिडिया