MENU

विज्ञान प्रविधि

Ncell Axiata

सबैभन्दा धेरै फेसबुक चलाउने मान्छे भारतमा

काठमाडौं, असार ३१ – फेसबुकको सबैभन्दा धेरै प्रयोगकर्ता भारतमा रहेको पाइएको छ । गएको बिहिबारसम्ममा भारतका २४ करोड १ लाख जनाले फेसबुक खाता खोलेको द नेक्स्ट वेभ संस्थाले जनाएको छ । 

संस्थाका अनुसार अमेरिकाका २४ करोड नागरिकले फेसबुकमा खाता खोलेका छन् । सन् २०१७ को सुरुदेखि नै भारत र अमेरिकामा फेसबुक प्रयोगकर्ता निकै बढेको पाइए पनि अमेरिकामा भन्दा भारतमा फेसबुक प्रयोगकर्ता दुई गुणा धेरैले बढीरहेको देखिएको बिबिसीले जनाएको छ । गएको ६ महिनामा भारतमा फेसबुक प्रयोग गर्नेको संख्या २७ प्रतिशतले बढेको तथा अमेरिकामा यो संख्या १२ प्रतिशत मात्रै रहेको पाइएको हो । 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

  • यतिले ल्यायो एटिआर विमान

    काठमाडौं, साउन ७ – निजी वायुसेवा कम्पनी यति एयरलाइन्सले पहिलोपटक एटिआर विमान भित्र्याएको छ । यति एयरलाइन्सले १ अर्ब रुपैयाँको लगानीमा ७२ सिट क्षमताको विमान खरिद गरेको हो ।

  • अब मोबाइलबाटै प्राथमिक उपचार

    काठमाडौं, साउन ५ – नेपाल रेडक्रस सोसाइटीद्वारा तयार पारिएको प्राथमिक उपचार मोवाइल एप्लिकेशन शुक्रबार वरिष्ठ हास्यकलाकार एवं समाजसेवी मदनकृष्ण श्रेष्ठ तथा हरिवंश आचार्यको प्रमुख आतिथ्यतामा सार्वजनिक गरिएको छ ।

  • पृथ्वी ‘प्लानेट प्लाष्टिक’ बन्दै

    पृथ्वी प्लाष्टिक ग्रह बन्दै गएको भन्दै वैज्ञानिकले चिन्ता व्यक्त गरेका छन् । अमेरिकी अनुसन्धानकर्ताकाले पृथ्वीमा ८ अर्ब ३० करोड टन प्लाष्टिक उत्पादन भएको बताएका छन् ।

  • फेसबुक, ट्वीटर धेरै चलाउनुहुन्छ ? डिप्रेसनको खतरा !

    साउन ४ – सामाजिक सञ्जालले युवा पुस्तामा चिन्ताको दर बढिरहेको एक अध्ययनले देखाएको छ । दुव्र्यवहार विरुद्धको संस्था डिच द लेबलले गरेको अध्ययनका अनुसार युवा पुस्तामा सामाजिक सञ्जालबाट आफूमाथि हिंसा हुनसक्ने चिन्ता तथा डर बढिरहेको पाइएको हो ।

  • चौथो राष्ट्रिय एस्ट्रोनोमी ओलम्पियाडमा छनौट भएकाको नाम सार्वजनिक

    काठमाडौं, साउन ३ – चौथो राष्ट्रिय एस्ट्रोनोमी ओलम्पियाडमा छनौट भएकाको नाम सार्वजनिक भएकोे छ । ओलम्पियाडमा ५ जना विद्यार्थी उत्कृष्टमा परेका छन् ।

सबै हेर्नुहोस
Job Vacancy
पछिल्ला समाचारहरु

सोसल मिडिया