MENU

राजनीति

Ncell Axiata
sagun

स्नातक गरेका वडा अध्यक्ष पाएर सुवर्णावती-४ का बासिन्दा खुशी

माधवकुमार ओली/उज्यालो ।

रोल्पा, असार ३१ – रोल्पाको सुवर्णावती गाउँपालिका वडा नम्बर ४ मा स्नातक गरेका वडा अध्यक्ष पाएर वडाका बासिन्दा खुशी भएका छन् । आफूहरुको समस्या सहज रुपमा समाधान हुने विश्वासमा उनीहरु छन् ।  

अंग्रेजी विषयमा स्नातक गर्नुभएका गञ्जबहादुर क्षेत्री वडा अध्यक्ष बन्नुभएको हो । अरु वडामा राम्रो पढेको मान्छे नभएको तर आफ्नो वडामा शिक्षामा पनि राम्रो पहुँच भएको अध्यक्ष भएकाले विकासका काममा सजिलो हुने उनीहरुको बुझाइ छ । सुलिचौरमा रहेको जलजला इङलिस बोर्डिङ स्कुलको प्रबन्ध निर्देशकको रुपमा शिक्षा क्षेत्रमा सेवा गर्दै आउनुभएका क्षेत्री असार १४ गते सम्पन्न स्थानीय तह निर्वाचनबाट जनप्रतिनिधिको रुपमा निर्वाचित हुनु भएको हो । जनताको सेवा गर्ने सोचका साथ उहाँ चुनाव लड्नु भएको थियो । 

लामो समयदेखि निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याबसन) रोल्पा र नेपाल रेडक्रस सोसाईटी रोल्पाको कार्य समितिमा रही सेवा गर्दै आइरहनुभएको थियो । २०७० सालदेखि नेपाली कांग्रेसमा प्रवेश गरेको भए पनि पार्टीको कुनै पदमा नरही सामाजिक संघसंस्थामा रही सेवा गरिरहनुभएको थियो । 

कांग्रेसले स्थानीय तहको निर्वाचनमा वडा अध्यक्षको उम्मेदवार बनाएपछि उहाँले आफ्ना प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य समेत रहेका पूर्ण बहादुर ओलीलाई १ सय ३० मतान्तरले पराजित गर्दै वडा अध्यक्ष बन्नुभएको हो । क्षेत्रीले ४ सय ३१ मत प्राप्त गर्नुभएको थियो ।

धेरै वडामा राजनीतिमार्फत आएका र शिक्षामा राम्रो पहुँच नभएका वडा अध्यक्ष रहेको तर आफ्नो वडामा राम्रो ज्ञान भएको वडा अध्यक्ष विजयी भएको भन्दै वडाका बासिन्दाले निकै आशा राखेका छन् । 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Joktantra
पछिल्ला समाचारहरु

सोसल मिडिया