MENU

राजनीति

Ncell Axiata
chhaka panja

फोटोसहितको मतदाता नामावली संकलनको समय बढाउन आयोगलाई दबाब

काठमाडौं, असार ३१ – फोटोसहितको मतदाता नामावली संकलनको समय बढाउन निर्वाचन आयोगलाई दबाब परेको छ । 

आयोगले साउन १ देखि १५ गतेसम्म स्थायी ठेगानाबाटै मतदाता नामावलीमा नाम दर्ता गराउने निर्णय गरिसके पनि यो अवधि कम्तिमा १५ दिन बढाउन र आफू रहेकै ठाउँबाट नामावली संकलन गर्न सक्ने ब्यवस्था गर्न दबाब बढेको हो ।
राजनीतिक दलहरुले आयोगका पदाधिकारीलाई भेटेरै नामावली संकलनको अवधि कम्तिमा साउन भरि बनाउन, ७ सय ४४ वटै स्थानीय तहबाट नाम दर्ता गर्न मिल्ने ब्यवस्था गर्न र सबैजनालाई स्थायी ठेगाना भएको ठाउँमा जान असम्भव भएकाले आफू रहेकै ठाउँबाट नाम दर्ता गर्ने ब्यवस्था मिलाउन आग्रह गरेपछि आयोगलाई दबाब बढेको हो । 

निर्वाचन आयोगले सूचना निकालेर १८ वर्ष उमेर पुगेका तर मतदाता नामावलीमा नाम नलेखाएका ब्यक्तिलाई नागरिकताको प्रमाणपत्रसहित सम्बन्धित जिल्ला निर्वाचन कार्यालयमा जान आग्रह गरेको छ । 

यस्तै यसअघि नाम भए पनि केही त्रुटी भएर सच्याउनुपर्ने भए पनि भोलि आइतबारदेखि साउन १५ गतेसम्म जिल्ला निर्वाचन कार्यालयमा निवेदन दिनुपर्नेछ । यसअघि नै नाम दर्ता गराएका व्यक्तिले भने फेरि पनि नाम दर्ता गराउन नपर्ने  आयोगले जनाएको छ । आयोगले प्रदेशसभा र प्रतिनिधिसभाको चुनावलाई लक्षित गरि फोटोसहितको मतदाता नामावली संकलन सुरु गर्न लागेको हो ।  

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

  • ​जलेश्वर नगरपालिकामा राजपा विजयी

    महोत्तरी, असोज ७ - महोत्तरीको जलेश्वर नगरपालिकाको मेयर र उपमेयर राष्टिय जनता पार्टी निर्वाचित भएको छ । राजपाका रामशंकर मिश्रले ५१८० मत ल्याएर जलेश्वरको मेयरमा विजयी हुनुभएको छ भने उपमेयरमा राजपाकै मुनसुनदेवी ४५६६ मतसहित विजयी हुनुभएको छ ।

  • प्रदेश नं २ : ९९ तहको नतिजा सार्वजनिक, कसले कहाँ जिते ?

    काठमाडौं, असोज ७ – प्रदेश नम्बर २ मा भएको स्थानीय तहको चुनावको मतगणना भइरहेको छ । अहिलेसम्म कांग्रेसको अग्रता छ । अहिलेसम्म राष्ट्रिय जनता पार्टी, नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र, फोरम लोकतान्त्रिक, नेपाल संघीय समाजवादी र नयाँ शक्तिले प्रमुख पद जितेका छन् ।

  • रौतहटका दुई स्थानीय तहको नतिजा आउन बाँकी, यस्तो छ पछिल्लो नतिजा

    रौतहट, असोज ७ – रौतहटका १८ स्थानीय तहमध्ये १६ वटाको मतपरिणाम सार्वजनिक भैसकेको छ । कांग्रेसले ८, संघीय समाजवादी फोरमले ३, माओवादीले २, राजपाले २ तथा लोकतान्त्रिक फोरमले १ तहमा जित हासिल गरेका छन्

  • वीरगञ्ज महानगरको पछिल्लो परिणाम, कांग्रेसको अग्रता, माओवादीभन्दा एमाले अघि

    पर्सा, असोज ७ – प्रदेश नम्बर २ को एकमात्र महानगरपालिका वीरगञ्जमा नेपाली कांग्रेस अघि छ । ८४ हजार भन्दा बढी मत खसेकोमा ३२ हजार ९ सय ५४ मत गन्दा कांग्रेसले अग्रता कायम गरेको छ ।

  • प्रचण्डको चुनाव क्षेत्रमा माओवादीको जित

    सिरहा, असोज ७ – पूर्व प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निर्वाचित सिरहाको तत्कालिन क्षेत्र नं. ५ का सबै स्थानीय तहमा माओवादी केन्द्रले एकछत्र विजय हासिल गरेको छ ।

सबै हेर्नुहोस
western union
nepali women
पछिल्ला समाचारहरु

सोसल मिडिया