MENU

राजनीति

Ncell Axiata
USAID

२४० निर्वाचन क्षेत्र कायम गरेर जानु संविधानको मर्म विपरित : परराष्ट्रमन्त्री महरा

दाङ, असार ३१ – उपप्रधान एंव परराष्ट्रमन्त्री कृष्णबहादुर महराले अहिले चर्चामा आएको २ सय ४० निर्वाचन क्षेत्र कायम गरेर चुनावमा जाने सम्भावना नभएको बताउनु भएको छ ।

प्रेस सेन्टरले शनिबार बिहान दाङको घोराहीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उहाँले २ सय ४० निर्वाचन क्षेत्र मानेर जानु संविधानको मर्म बिपरित हुने बताउनुभयो । अहिले चर्चामा रहेजस्तो कांग्रेस र माओवादी केन्द्रबिच यो बिषयमा कुनै सहमति नभएको र यो बिषयमा सहमति पनि हुन नसक्ने बताउनुभयो ।

संविधानको कार्यान्वयन दिने, पुनर्निर्माणलाई तिव्रता दिने र सुशासन कायम गरी आर्थिक वृद्धि गर्ने सरकारका मुख्य प्राथमिकता भएको भन्दै मन्त्री महराले यीनै कुरालाई प्राथमिकतामा राखेर सरकार अघि बढेको बताउनुभयो ।

आगामी माघ ७ गतेभित्र तीनै तहको चुनाव गर्ने कार्यमा सरकार लागेको बताउनुभयो । मधेसी दलहरुलाई चुनावमा ल्याउनका लागि संविधानको संशोधन गर्नु परेको महराको भनाई छ । त्यस अवसरमा इन्द्रेणी अनलाइन पत्रिकाको दोस्रो साधारणसभाको उद्घाटन पनि महराले गर्नु भएको थियो ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Job Vacancy
पछिल्ला समाचारहरु

सोसल मिडिया