MENU

अर्थ

Ncell Axiata

दोर्दी गाउँपालिकाको बजेट ३६ करोड २३ लाख

लमजुङ, असार ३१ – लमजुङको दोर्दी गाउँपालिकाले आर्थिक वर्ष ०७४/७५ का लागि ३६ करोड २३ लाख ९२ हजार रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ । दोर्दी गाउँपालिकाको प्रथम गाउँ सभाले बजेट सार्वजनिक गरेको हो । 

गाउँपालिकाका उपाध्यक्ष डीलबहादुर घलेले प्रस्तुत गर्नुभएको गाउँपालिकाको आगामी आर्थिक वर्षको बजेट, नीति तथा कार्यक्रममा अनुदानतर्फ १७ करोड ५ लाख ६९ हजार, सशर्त अनुदानतर्फ ११ करोड ८० लाख २३ हजार, आन्तरिक आयतर्फ २५ लाख, सामाजिक सुरक्षा भत्तातर्फ ६ करोड ५० लाख, रजिष्ट्रेसन शुल्क बाँडफाँडबाट ५ लाख, राजस्व बाँडफाँडबाट १० लाख रुपैयाँ उल्लेख छ । 

भौतिक पूर्वाधार विकास योजना बढी आएको गाउँपालिकाका अध्यक्ष ओमबहादुर गुरुङले जानकारी दिनुभयो । ‘भौतिक पूर्वाधारको विकास आवश्यक छ यहाँ यसैमा बढी रकम खर्च हुने देखिन्छ,’ उहाँले भन्नुभयो । स्वास्थ्य, शिक्षा, कृषि पर्यटन लगायतका क्षेत्रको विकासमा बढी योजनाहरु आएको गाउँपालिकाका कार्यकारी अधिकृत विजयराज पौडेलले बताउनुभयो । 

कार्यक्रमकै अवसरमा सांसद जमिन्द्रमान घले, टुकाभद्र हमाल र लालबहादुर तमुले टुक्रेभन्दा ठूला र प्राथमकितामा आधारित योनाहरु आएको खण्डमा गाउँ तथा नगरको समृद्धि सम्भव हुने विश्वास व्यक्त गर्नुभयो । उहाँहरुले योजनाहरुको प्रभावकारी ढंगले कार्यान्वयन हुनुपर्नेमा जोडसमेत दिनुभयो । 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Job Vacancy
पछिल्ला समाचारहरु

सोसल मिडिया