MENU

साहित्य/ कला

Ncell Axiata
NIC Asia

​‘अर्काे जुनीमा, तिम्रो चियाको कप, भएर जन्मूँ’

काठमाडौं, असार ३१ –
अर्काे जुनीमा
तिम्रो चियाको कप 
भएर जन्मूँ । – भिष्म उप्रेती

शंकर लामिछानेले जापानमा प्रख्यात रहेको हाइकुलाई नेपालमा भित्र्याउनुभएको हो ।  लामिछानेले विक्रम संवत २०१९ सालमा प्रयोगवादी कवितामार्फत भित्र्याएको हाइकुलाई पछि अभि सुवेदी, माधवलाल कर्माचार्य, मोहनहिमांशुु थापाले निरन्तरता दिएको पाइन्छ । काव्यकै शैलीमा लेखिने हाइकु ५, ७, ५ अक्षरमा लेखिन्छ । तीन पंक्तिमा लेखिने हाइकुमा प्रथम पंक्तिमा विषय उठान, दोस्रोमा विषयको प्रष्टिकरण र तेस्रोमा नाटकीय परिर्वतनसहित विषयको पुष्टि गरिन्छ । हाइकुको पहिलो पंक्तिमा प्रकृतिको कुरा आउनुपर्ने भनिएता पनि हिजोआज हाइजिन (हाइकु लेख्नेहरु) ले त्यही  नियममा बाँधिएर हाइकु लेख्न छाडेका छन् । 

अहिले त नेपालमा हाइकुका बारेमा विचार विमर्र्र्श गर्ने संघ संस्थाहरु पनि सक्रिय छन् ।  हाइकु वाचन र यसका बारेमा गोष्ठीहरु हुन थालेका छन् । शुक्रबार ललितपुरमा हाइकुका बारेमा गोष्ठी मात्रै होइन, नेपाल हाइकु केन्द्रका अध्यक्ष अध्यक्ष प्राध्यापक डा. रामकुमार पाँडेको हाइकु संग्रह विमोचन भएको थियो । 

पाँडेले विभिन्न भाषामा रहेका हाइकुहरुलाई अंग्रेजीमा अनुवाद गर्नुभएको छ । ‘फ्लडेड गर्ज’ नामक उक्त संग्रहमार्फत पाँडेले नेपाली हाइकुलाई विश्वस्तरमा पु¥याउनुभएको अर्का हाइजिन दामोदर पुडासैनीले बताउनुभयो । 

प्राध्यापक तोया गुरुङ र पाँडेले संयुक्त रुपमा सवमोचन गर्नुभएको उक्त कार्यक्रममा विभिन्न हाइजिनहरुले हाइकु सुनाउनुभएको थियो । कार्यक्रममा भिष्म उप्रेतीले सुनाउनुभएको हाइकु यस्तो थियोः
नभन्ने भन्दै 
धेरै कुरा आँखाले 
भन्यौ तिमीले । 

अन्जना पौडेलले सुनाएको हाइकुमा शान्तिको कामना गरिएको थियो । 
निलो आकाश
युद्धको विविशिका 
सेतो परेवा । 

रामकुमार पाँडेका हाइकु विश्वस्तरका रहेको पुस्तकको भूमिकामा विश्व हाइकु संघका निर्देशक बन्यान नात्सुइसीले लेख्नुभएको छ ।  उहाँले पाँडेका हाइकुलाई बिट पुस्ताका कवि ज्याक केरुआकका हाइकुसँग तुलना गर्नुभएको छ । पुस्तकमा पाँडेले नेपालमा हाइकुको सुरुवात र वर्तमान अवस्थाका बारेमा उल्लेख गर्नुभएको छ । 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

  • ‘न्यूरोड ग्याङ’ द्वारा नयनराजको ‘यार’ विमोचन

    काठमाडौं, पुस २९ –साहित्यकार नयनराज पाण्डे संस्मरणात्मक पुस्तक ‘यार’ लिएर पाठकमाझ आएका छन् ।

  • स्रष्टा सम्मानित

    भक्तपुर, पुस २४ – भक्तपुर साहित्यिक समाजको १९ औँ स्थापना दिवसको अवसरमा तीन जना स्रष्टालाई सम्मान गरेको छ ।

  • हैसियत (कथा)

    एकछिन उ घोरियो - कुनै भाउँतो आइलाग्ला भनेर पो हो कि हाकिमसाबले मोबाइल नउठाएको, ल्यान्डलाइन फोनमा म्याडमलाई बोल्न लगाएको ! कि बुढाले वर्ग विभाजनको रेखा ख्याल गर्न थाले !

  • अग्लो बौद्धिक उचाइ

    चिउँडा वरिपरि झुस्स दारी राखी छाड्ने, प्रायः काँधमा सानो ब्याग बोक्ने, हँसिलो अनुहारका टङ्क न्यौपाने...

  • ध्रुवचन्द्र गौतमको ‘एक आनाको जमाना’ सार्वजनिक

    काठमाडौं, पुस १७ –साहित्यकार ध्रुवचन्द्र गौतमद्वारा लिखित ‘एक आनाको जमाना’ अनुभवन्यास(पुस्तक) विमोचन भएको छ ।

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया