MENU

राजनीति

Ncell Axiata

​अपाङ्गता भएका दलितलाई सिलाइ मेसिन वितरण

मोरङ, असार २१ – दलित समन्वय नगरसमिति उर्लाबारीले पाँचजना अपाङगता भएका दलितलाई सिलाइ मेसिन वितरण गरेको छ । सनिबार उर्लाबारी– ४ काे रामेश्वर शिवालय मन्दिरमा आयोजित स्थानीय तहमा नवनिर्वाचित जनप्रतिनिधिलाई सम्मान तथा सिलाइ मेसिन वितरण कार्यक्रममा पाँचजना अपाङ्गता भएका दलित तथा तिनका आश्रित परिवारलाई मेसिन वितरण गरिएको हो । 

उर्लाबारी नगरपालिकाको सहयोगमा प्राप्त सिलाइ मेसिन उर्लाबारीका प्रेमकुमारी बर्देवा, विश्वेश्वरी विश्वकर्मा, हर्कमाया विश्वकर्मा, मायाशङ्कर र दिलबहादुर दर्जीलाई वितरण गरिएको हो । कार्यक्रममा उर्लाबारी नगरपालिकाका प्रमुख खड्ग फाँगो, उपप्रमुख लक्ष्मी भण्डारी, नगरपालिकाका कार्यकारी अधिकृत अम्बिकाप्रसाद चौलागाईंले उहाँहरुलाई सिलाइ मेसिन प्रदान गर्नुभएको थियो । 

कार्यक्रममा नवनिर्वाचित नगर प्रमुख फाँगो, उपप्रमुख भण्डारीका साथै वडाध्यक्ष, सदस्यलाई समितिले सम्मान तथा बधाई ज्ञापन गरेको थियो । –रासस 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Job Vacancy
पछिल्ला समाचारहरु

सोसल मिडिया