MENU

खेल

Ncell Axiata
USAID

२३ वर्षमुनिको एएफसी च्याम्पियनसिप छनौट : ३३ वर्षपछि आज युएई र नेपालबिच भिड्दै

काठमाडौं, असार ३१ – एएफसी २३ वर्षमुनिको च्याम्पियनसिप छनोटमा नेपालले शनिबार  संयुक्त अरब इमिरेट्ससँग खेल्दैछ । खेल युएइमा बेलुका सवा ८ बजेपछि सुरु हुनेछ । समूहका सबै टिम बलिया रहेपनि नेपाल समूह विजेता बन्दै च्याम्पियनसिपमा छनोट हुने लक्ष्य राखेको नेपालका प्रशिक्षक राजुकाजी शाक्यले बताएका छन् । मैत्रीपूर्ण खेलमा बंगलादेशलाई हराएर युएइ पुगेको नेपाली टीम प्रतियोगिताको उद्घाटन खेलमा घरेलु टोलीलाई हराउन तयार रहेको प्रशिक्षक शाक्यको भनाई छ । 

तर उसकै घरेलु मैदानमा बलियो मानिएको युएईसँग खेल्न नेपाललाइ त्यति सहज भने हुने छैन । युएर्यसँग नेपाल ३३ वर्षपछि खेल्दैछ । सन् १९८४ मा एशियन कप छनोटमा एक पटक युएई र नेपाल आमनेसामने भएका थिए । त्यसबेला नेपाल युएईसँग ११–० गोलले अन्तरले पराजित भएको थियो ।

प्रतियोगिताको समूह डिमा रहेको नेपालले सोमबार उज्वेकिस्तानसँग र बुधबार लेबनानसँग खेल्नेछ । अर्को वर्ष चीनमा हुने एएफसी २३ वर्षमुनिको फुटवल च्याम्पियनसिपको छनोटमा सहभागी ४० टोलीलाई १० समूहमा विभाजन गरिएको छ । प्रत्येक समूहका समूह विजेता र १० समूहका उत्कृष्ट पाँच उपविजेता टोली फाइनलको लागि छनोट हुनेछन् । 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Job Vacancy
पछिल्ला समाचारहरु

सोसल मिडिया