MENU

अर्थ

Ncell Axiata
chhaka panja

नीलकण्ठ नगरपालिकाको बजेट सार्वजनिक, ४ ठाउँ फ्रि वाइफाई, एक घर एक सेफ्टी ट्यांङकी

धादिङ, असार ३१ – नीलकण्ठ नगरपालिकाकाको आगामि आर्थिक वर्ष ०७४÷७५ को ६९ करोड १४ लाख २८ हजार ५ सय रुपैयाँ बजेट विनियोजना गरेको छ । प्रथम नगर सभामा मेयर भीमप्रसाद ढुंगानाले शुक्रबार वजेट सार्वजनिक गर्नुभएको हो । 

यस आर्थिक वर्षमा नगरपालिकाले एक घर एक रुख, एक घर एक सेफ्टी ट्यांङकी अनिवार्य भएको बताइएको छ । पूर्वाधारको विकास गरी नेपालकै नमुना र स्मार्ट सिटी बनाउन बजेट विनियोजन गरेको ढुङ्गानाले बताउनुभयो । त्यस्तै, नगर क्षेत्र भित्र ४ ठाउँमा फ्रि वाइफाइका लागि पनि बजेट छुट्याएको छ । बाह्य तथा आन्तरिक पर्यटक भित्र्याउने उद्देश्यले निशुल्क वाइफाई सुविधा सहितको नमुना पार्क निर्माण गरिने बताइएको छ ।

वर्षा मौषम सुरु भएसँगै नगरबासी धमिलो पानी पिउन बाध्य भएका छन् । यसैबिच आज विनियोजित बजेटमा स्वच्छ खानेपानीको आधारभूत आवश्यकतालाई उच्च प्राथमिकता दिइ तिर्खामुक्त नगर बनाउनेमा जोड दिइएको छ ।

नगरको ग्रामीण क्षेत्रमा उद्योग व्यवसायलाइ प्रवद्र्धन गर्न नगरको कर दरमा ८० प्रतिशत छुटको व्यवस्था गर्ने बताइएको छ । भूकम्पले घर भत्किएपछि प्रभावितहरु अझै अस्थायी टहरामा छन् ।

ओतलाग्ने छानो फेर्न सहयोग पु¥याउन नगरवासीलाई भवन आचारसंहिता भित्र रहेर घर बनाउन प्रोत्साहन कार्यक्रम पनि रहेको बताइएको छ । त्यस्तैगरी, नगर क्षेत्र भित्र रहेका संचार माध्यमलाई सहयोग गर्ने र पत्रकारलाई क्षमता अभिवृद्धिका लागि तालिम वृत्ति विकासका कार्यक्रम सञ्चालन गर्ने ढुङ्गानाले बताउनुभयो । 

नीलकण्ठ नगरपालिकाका उपप्रमुख मनराज भण्डारीले बजेट प्रस्तुत गर्दै सडक, कृषि, खानेपानी, पूर्वाधार विकास,  शिक्षा, स्वास्थ्य, पर्यटन जस्ता शिर्षकमा फोकस गरी बजेट विनियोजन गरिएको बताउनुभयो ।

नगर क्षेत्र भित्र सबै ठाउँमा बाटो पगेको छैन । सडक सञ्जाल भएकाहरु पनि  जिर्ण अवस्थामा छन् ।  सडकहरुलाई व्यवस्थित र नगरपालिका भएर बग्ने सुन्दर थोपलखोला र अरुण खोलाको दुवैतर्फ किनारमा करिडोर नमुना मार्ग निर्माण गरिने पनि उल्लेख गरिएको छ । 

आगामी वर्षका लागि नगरपालिकाको आन्तरिक आय कुल ३ करोड ७० हजार ५ सय रुपैयाँ हुने अनुमान गरिएको छ । नगर क्षेत्र भित्र हुने विकास आयोजनामा नगद जनसहभागिता तर्फ २० लाख जुट्ने अुनमान गरिएको छ ।

त्यस्तै, बजेटमा आन्तरिक आय तर्फ कुल ३ करोड २० लाख ७० हजार ५ सय रुपैयाँ हुने लक्ष्य राखिएको छ । वित्तीय समानीकरण अनुदान २९ करोड ८९ लाख ७९ हजार रुपैयाँ, ससर्त अनुदान २१ करोड ४८ लाख ७९ हजार रुपैयाँ र सामाजिक सुरक्षा ससर्त अनुदानतर्फ १४ करोड ५५ लाख रुपैयाँ गरी नेपाल सरकारबाट प्राप्त हुने सुनिश्चित अनुदान ६५ करोड ९३ लाख ५८ हजार रुपैयाँ अनुमान गरिएको छ ।

आर्थिक वर्ष ०७४/७५ को नगरपालिकाको कुल बजेट मध्ये चालु तर्फ ४४ करोड ३३ लाख १६ हजार ४ सय रुपैयाँ अर्थात ६४.१२ प्रतिशत र पूँजीगततर्फ २४ करोड ८१ लाख १२ हजार १ सय रुपैयाँ अर्थात ३५.८८ प्रतिशत बजेट विनियोजन गरिएको हो । नीलकण्ठ नगरपालिका साविकको नीलकण्ठ, सांकोष, मुरलीभञ्याङ, ज्यामरुङ, सुनौलाबजार, खाल्टे, धुवाकोट गाविसहरु मिलाएर बनाइएको हो । 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
western union
nepali women
पछिल्ला समाचारहरु

सोसल मिडिया