MENU

अर्थ

Ncell Axiata
chhaka panja

धादिङका तीन गाउँपालिका र एक नगरपालिकाले बजेट ल्याए

धादिङ, असार ३१ – आर्थिक वर्षको अन्त्य हुँदा सबै गाउँपालिका र नगरपालिकाले निती तथा कार्यक्रम र बजेट ल्याउनु पर्नेमा धादिङ जिल्लामा तीनवटा गाउँपालिका र एक नगरपालिकाले मात्र निती तथा कार्यक्रम र बजेट ल्याउन सकेका छन् । 
 
धादिङमा ११ गाउँपालिका र २ दुई नगरपालिका रहेका छन् । आव ०७४÷७५ को बजेट आव सुरु हुनु अगावै गाउँ तथा नगर सभाबाट पारित गरिसक्नेु पर्नेमा यस वर्ष बजेट ल्याउन ढिलाइ भएको छ । त्रिपुरा सुन्दरी गाउँपालिका र धुनीबेसी नगरपालिकाले कर्मचारी अभावका कारण बजेट ल्याउन नसकेको बताएइका छन् भने केही गाउँपालिकाकाले बजेटमा अलमल परेपछि ढिलाइ गरेको बुझिएको छ । 
 
ज्वालामूखी गाउँपालिकाका उपाध्यक्ष र कार्यकारी अधिकृत नै बिरामी परेकोले बजेट निर्माणमा ढिलाई भएको गाउँपालिका उपाध्यक्ष जानुका सिंखडाले टेलिफोनबाट जानकारी दिनुभयो । 
 
वर्षको अन्तिम दिन शनिबार थाक्रे गाउँपालिकाले ३३ करोड ७१ लाख ६० हजार रुपैयाँको बजेट पारित गरेको छ । यसैगरी सिद्धलेक गाउँपालिकाले ३० करोड ५० लाख रुपैयाँ र गल्छी गाउँपालिकाले २७ करोड १६ लाख रुपैयाँको बजेट ल्याएको छ । 
 
यसैगरी नीलकण्ठ नगरपालिकाले ६९ करोड १४ लाख २८ हजार रुपैयाँको बजेट प्रस्तुत गरेको छ । बजेट पारित गर्नका लागि नेपाल सरकारले असार १५ गतेसम्मका लागि समय उपलब्ध गराएपछि यो समयभित्र बजेट ल्याउन लागिपर्ने गाउँपालिकाका अध्यक्षहरुले जानकारी दिनुभएको छ ।
 
जिल्लाको अति दुर्गम मानिने रुबीभ्याली गाउँपालिकाका अध्यक्ष चिरोङ तामाङ काठमाडौंमा रहेको र असार १५ गतेसम्ममा बजेट ल्याइने जानकारी दिनुभयो । खनियाबास गाउँपालिका पअध्यक्ष रणबहादुर तामाङ गाउँ जाँदै गरेकोले बजेट निर्माणमा ढिलाई भएको बताउनुभएको छ । 
 
बजेट बनाउन समस्या छ । सरकारले वितरण गर्ने सबै बजेट गाउँपालिका र नगरपालिकाबाट बनाएर व्यवस्थापन समेत गर्नु पर्ने भएपछि केही गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षहरु बजेट निर्माण सम्बन्धी विभिन्न विज्ञहरुसँग छलफल रहेको जानकारी दिँदै जनमूखी बजेट ल्याउन लागि परेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
western union
nepali women
पछिल्ला समाचारहरु

सोसल मिडिया