MENU

राजनीति

दुई दिनभित्रै मन्त्रिमण्डल बिस्तार हुन्छ : रमेश लेखक

काठमाडौं, असार ३१ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य रमेश लेखकले एक÷दुई दिनभित्रै मन्त्रिमण्डल बिस्तार हुने बताउनुभएको छ । शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा लेखकले दोस्रो चरणको स्थानीयतहको चुनावका कारणले मन्त्रिमण्डल बिस्तारमा केही ढिलाई भएको भए पनि अबको दुई दिनभित्रै सरकार बिस्तार हुने बताउनुभयो ।  

उहाँले भन्नुभयो ‘सरकार बिस्तारमा विलम्ब भएकै हो, अहिले हामी अन्तिम छलफलमा जुटेका छौं, ढिलाई भए पनि अब चाँडोभन्दा चाँडो सरकार बिस्तार हुन्छ, आज साँझसम्म हामी यसबारेमा छलफल गर्छौं, खासगरी मन्त्रालय बाँडफाँड गर्ने काम करिब–करिब सकिएको छ, मन्त्री कस कसलाई बनाउने भन्नेबारे पनि आजभोलि भित्रै टुँगो लाग्छ, मलाई लाग्छ अबको दुई दिनभित्रै सरकार बिस्तार हुन्छ ’ उहाँले भन्नुभयो । 

सरकारमा सहभागिता गराउनेबारे राप्रपा र संघीय समाजवादीफोरम नेपालसँग कुराकानी भैरहेको पनि उहाँले जानकारी दिनुभयो ।  लेखकले निर्वाचन क्षेत्र निर्धारण आयोग छिट्टै गठन गर्ने समेत जानकारी दिनुभयो । 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया