MENU

साहित्य/ कला

Ncell Axiata

​युएईको अक्षरहरुको आवाज सातौं वाचन डबली गजलमय, ‘यति भए पुग्छ’ विमोचन

उमाकान्त पाण्डे/उज्यालो । 

युएई, असार ३१ – युएईमा दुई महिनामा एक पटक हुने जमघट । सातैवटा राज्यमा पालैपालो उनीहरु भेला हुन्छन् र आफूले रचेका शब्दहरु वाचन गर्छन । यो चौतारीलाई उनीहरुले ‘अक्षरहरुको आवाज सृजना वाचन डबली तथा श्रष्टा भेटघाट’ भनेर नामाकरण गरेका छन् । 

कुनै संस्थागत आयोजना पनि होइन । युएईमा कार्यरत र साहित्यिक रचना गर्ने नेपाली यहाँ भेला हुने चलन छ । सबैले उमेर ढल्दै गरेका र अनुभव सँगालेका तनहुँका गजलकार टक गुरुङलाई संरक्षक मानेका छन् ।

उहाँकै सभापतित्वमा कार्यक्रम हुन्छ र दुई महिना पछि चौतारी सार्ने बिषयमा एक महिना छलफल गर्ने निर्णय गर्दै छुट्टिन्छन् । अर्को पटक दुवईमा भेला हुने योजना उनीहरुको छ ।   यस पटकको पालो आबुधाबी । आबुधाबीको चौतारीमा शुक्रबार दोस्रो पटक भेला भएर झन्डै चार दर्जन धेरै सर्जकले आफ्नो गजल बाचन गरे ।

छैन म मा केही खास किन माया गर्छौ
उ उडी जाने बतास किन माया गर्छौ । 


कान्छो भुपेन्द्र आचार्यले सुरुवातमा यो गजल वाचन गरेर कार्यक्रमको दैलो उघारेका थिए । अरु धेरैको गजलका शेरहरुमा भने देशप्रेमकै भावना ओतप्रोत थिए । सातौ वाचन डबलीमा आइपुग्दा धेरै नयाँ अनुहारको जन्म डबलीले गराएको रहेछ । स्याङ्जाका रमेश अर्याल र लेखनाथ खनाल अकुंर वाचन डबलीमा जन्मिएका नयाँ अनुहार । तर उनीहरुको गजल लेखनले परिपक्वता थपिँदो छ । 

तिमीले पठाउने गुन्द्रुकको आश हुन्छ बिदेशमा 

भुटेको मकै भट्टमास पनि खास हुन्छ बिदेशमा 

पैसा फल्ने रुख कतै भेटीएन जता खोजे पनि 

तिम्रो सन्तान त बाध्यताको दास हुन्छ बिदेशमा । 

डबलीको सुरुवातबाटै लागि परेका नुवाकोटका सेलकर पाख्रीन तामाङ खुट्टा खोच्चाउँदै आफ्नो गजल वाचन गर्न साताैं डबलीमा पनि आउनुभएको थियो । सामान्यतया गजलकारहरुले पाँचदेखी सात सेर लेखेपनि तामाङले भने बीस शेरको गजल वाचन गर्नुभयो । 

फिर्ता ल्याउने छ देशमा चालिस कटेसी 

परदेश लगायो जहाज जवान बोकेर । 

बा छोरा छोरीलाई अक्षर अंकहरु किन्न

बजार गएको छ मकै धान बोकेर ।  

 तामाङको गजलमा ब्यङ्गात्मक धार पनि थियो । उहां भन्दै हुनुहुन्थ्यौ – 

पुगेका छन नेताहरु भोका वस्तीहरुमा 

गाउँगाउँमा वाइफाइ अभियान बोकेर 

म छातीमा देश बोक्दा राष्ट्रघाती हुने 

राष्ट्रवादी बन्यौ ओठमा उ उखान बोकेर 

हर बोलीमा इस्वरको नाम लिएर यहाँ 

जीउछन कयौ मुटुमा सैतान बोकेर । 

नेपाली साहित्य । त्यो पनि गजल लेखन र वाचनमा छुट्टै पहिचान जमाएका गुल्मीका गजलकार इन्धन डिबी भण्डारीको जोसिलो गजलले धेरैको प्रशंसा पायो । 

देशमा जे को पर्छ तीनको विकल्प खोजाैं

अब यी रात जस्ता दिनको विकल्प खोजौं । 

बचाउनु छ भने साच्चिकै यो देशको स्वाभिमान 

बम बनाउ खुकुरी सगिंनको विकल्प खोजाैं । 

यत्ति भए पुग्छ बिमोचन    

कार्यक्रममा जे सागर द्वारा लिखित गजल सङ्ग्रह ‘यति भए पुग्छु’ विमोचन गरिएको छ । युएईका लागि नेपाली कार्यबाहक राजदुत नेत्र बहादुर टन्डनले सङ्ग्रह विमोचन गर्नुभएको हो । गजल सङ्ग्रहमा ७५ वटा गजल सङ्ग्रहित छन् । 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Job Vacancy
पछिल्ला समाचारहरु

सोसल मिडिया