MENU

अर्थ

Ncell Axiata
sagun

नगरपालिका भित्रको घडेरी तथा जग्गाको न्युनतम मूल्य निर्धारण

खोटाङ, असार ३१ – खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले नगरपालिकाभित्रको घडेरी तथा जग्गाको न्युनतम मूल्य निर्धारणका लागि प्रस्ताव गरेको छ । 

नगरपालिकाभित्रका ११ वडाभित्र सञ्चालनमा रहेका सडक आसपासमा पर्ने घडेरी र जग्गाको न्युनतम मूल्य निर्धारणका लागि प्रमुख जिल्ला अधिकारी संयोजकत्वको घडेरी तथा जग्गा मूल्यांकन समिति समक्ष सिफारिस गर्ने निर्णय गरेको मेयर ईवन राईले बताउनुभयो । 

नगरपालिकाभित्रका जग्गाको मूल्यमा एकरुपता कायम गर्नका लागि नगरपालिकाले मध्यपहाडी लोकमार्ग अन्तर्गत हलेसी–जयराम, हलेसी–अर्खौले सडक आसपास तथा मध्यपहाडी लोकमार्गसँग जोडिएका ५६ शाखा सडकको दायाँ–बायाँका घडेरी र जग्गाको मुल्यांकन गरेर सिफारिस गर्ने निर्णय गरिएको छ । 

सुविधा, पायक, सम्भावना लगायतका आधारमा सडक आसपासका जग्गाको मूल्य न्यूनतम प्रतिरोपनी ३० हजार रुपैयाँदेखि अधिकतम ३ लाख रुपैयाँसम्म प्रस्ताव गरिएको नगरपालिकाका कार्यकारी अधिकृत अनिल किराँतीले जानकारी दिनुभयो । 

त्रि–धार्मिकस्थल हलेसी रहेको हलेसी तुवाचुङ नगरपालिकाले आन्तरिक श्रोत व्यवस्थापनका लागि कार्यालयबाट सेवा प्रवाह गरेवापतको राजस्व दर रेट समेत निर्धारण गरेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Joktantra
पछिल्ला समाचारहरु

सोसल मिडिया