MENU

अर्थ

Ncell Axiata

भक्तपुरले एक अर्ब र सूर्यविनायक नगरपालिकाद्वारा ४८ करोडको बजेट पारित

भक्तपुर, असार ३१ – भक्तपुर नगरपालिकाले प्रथम नगर परिषदबाट आव  २०७४०७५ का लागि पारित गरेको कूल एक अर्ब ५ करोड ५५ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ ।

शनिबार नगरपालिकामा आयोजना गरेको पत्रकार सम्मेलनमा यसबारे जानकारी दिदै मेयर सुनिल प्रजापतीले  पारित गरेको बजेट, नीति तथा कार्यक्रमबारे जानकारी दिनुभयो ।

उहाँले बजेट आम्दानीतर्फ नेपाल सरकारबाट सशर्त अनुदान १९ करोड ७८ लाख ९५ हजार रुपैयाँ र निशर्त अनुदान १७ करोड ८७ ९५ हजार रुपैयाँ, सामाजिक सुरक्षा भत्ता  ११ करोड आठ लाख रुपौयँ र अन्य निकाय तर्फ ६० लाख रुपैयाँ गरी कूल ४९ करोड ३४ लाख ९० हजार रुपैयाँ रहने बताउनुभयो । 

त्यस्तै नगरका बासिन्दाबाट संकलन हुने बिभिन्न कर तथा पर्यटन सेवा शुल्क समेत गरी ४२ करोड २० लाख १० हजार रुपैयाँ आन्तरिक श्रोतबाट आम्दानी हुने लक्ष्य राखेको छ भने नगरपालिकाको मौज्दात बाँकी १४ करोड रुपैयाँ रहने अनुमान गरिएको । नगरपालिकाले वडास्तरीय विकास निर्माणको लागि प्रत्येक वडा कार्यालयलाई ५० लाख रुपैयाँका दरले रकम वितरण गर्ने भएको छ । 

कार्यक्रममा मेयर प्रजापतिले परिषदले नगरपालिकाले २५ शैयाको ख्वप अस्पताल सञ्चालनमा ल्याउने, प्रत्येक वडामा नर्स सेवा शुरु गर्ने, नपाले सञ्चालन गरिरहेका शिक्षालयहरुमा थप विषयहरु सहित अझ प्रभावकारी रुपमा अघि बढाउने, ख्वप विश्वविद्यालयको प्रक्रिया अघि बढाउने, खानेपानी समस्या समाधान गर्ने, भूकम्प पीडित नगरबासीले भक्तपुर नगर क्षेत्रभित्र जहाँ घर बनाएपनि नक्सापास दस्तुरमा छुटको व्यवस्था गर्ने, नगरभित्र परम्परतागत शैलीका घर बनाउनेलाई काठ एवं आर्थिक सहयोग गर्ने निर्णय गरेको बताउनुभयो । 

त्यस्तै हनुमन्ते र खासाङखुसी खोला सफा गर्न सल्लाघारी र हनुमानघाटमा रहेका उपचार पोखरी प्रयोगमा ल्याउने, हनुमानघाट सुधारको गुरुयोजना तयार गर्ने, जनप्रतिनिधि घरघरमा गएर सामाजिक सुरक्षाभत्ता वितरण गन, प्रत्येक वडामा शिशुस्याहार केन्द्रहरु सञ्चालन गर्ने, नगरपालिकाद्धारा संचालित विद्यालयका शिक्षिका र आयाहरुलाई तालिम दिने भएको छ । 

देको (मिवा) इतापाको आवास योजनालाई समयमै सम्पन्न गर्ने, किसानहरुलाई तालिम दिने, अन्तरनगर खेलकुद प्रतियोगिता आयोजना गर्ने, महेश्वरी खेल मैदान र शहिद स्मृति खेलमैदानलाई व्यवस्थित गर्ने, सार्वजनिक जग्गा संरक्षण गर्ने, आधुनिक अरनिको सभाभवन निर्माण गर्ने, अनलाइन नक्सा पास प्रक्रिया सुरु गर्ने, पर्यटक शौचालय स्थापना गर्ने, जनज्योति पुस्तकालयलाई आधुनिक र सुविधासम्पन्न बनाउने, भक्तपुर नगरबारे शोध गर्ने विद्यार्थीलाई सहयोग गर्ने, भार्वाचोदेखि च्यामासिंहसम्म ढुंगा छाप्ने कार्यलाई निरन्तरता दिने लगायतका कार्यक्रम सार्वजनिक गरिएको छ । 

यता सूर्यविनायक नगरपालिकाले पनि शनिबारै पत्रकार सम्मेलन गर्दै नगरपरिषद्ले पारित गरेको बजेट, नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।

मेयर वासुदेव थापाले प्रथम नगर परिषदबाट आव २०७४०७५ का लागि पारित भएको ४८ करोड १० लाख २८ हजार रुपैयाँको बजेट सार्वजनिक गर्नुभएको छ । 

उहाँले सरकारबाट निशर्त २४ करोड ७७ लाख ५० हजार रुपैयाँ, सशर्त १४ करोड ८४ लाख २८ हजार रुपैयाँ प्राप्त हुने र नगरपालिकाको आन्तरिक आयश्रोतबाट ८ करोड ४८ लाख ५० हजार रुपैयाँको बजेट सार्वजनिक गर्नुभएको हो ।

नगरपालिकाले नगरक्षेत्रमा औधोगिक क्षेत्रको विकास गर्ने, नगरपालिकाको भवन निर्माण गर्ने, वडा कार्यालयहरुलाई राजमार्गसंग जोडने सडकको स्तरोन्नती गर्ने, पर्यटन पदमार्ग निर्माण गर्ने, भ्यू टावर निर्माण गर्ने, स्मार्ट सिटी बनाउने लगायतका कार्यक्रम संचालन गर्ने बताउनुभयो । 

उहाँले वडाको विकासका लागि प्रत्येक वडा कार्यालयलाई १ करोड रुपैयाँका दरले रकम पठाउने निर्णय भएको बताउनुभयो । 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Job Vacancy
पछिल्ला समाचारहरु

सोसल मिडिया