MENU

बातावरण-कृषि

Ncell Axiata
chhaka panja

जिल्ला वन कार्यालय डडेल्धुराद्वारा उत्कृष्ट वन समूह सम्मानित

डडेल्धुरा, असार ३१ – जिल्ला वन कार्यालय डडेल्धुराले जिल्लाका उत्कृष्ट वन समूहलाई सम्मानित गरेको छ । शनिबार जिल्ला समन्वय समितिको सभाहलमा सार्वजनिक सुनुवाईको आयोजना गर्दै जिल्ला वन कार्यालयले जिल्लाका विभिन्न सामुदायिक वन, कवुलियति वन, निजी वनलाई नगद पुरस्कार र प्रमाणपत्रसहित सम्मान गरेको हो । 

सामुदायिक वनहरुमा पहिलो भागेश्वर सामुदायिक वन उपभोक्ता समिति बगरकोट–८ भएको छ । दोस्रो शिव सुन्दरी सामुदायिक वन उपभोक्ता समिति परशुराम नगरपालिका–७ र तेस्रो खम्पाल सामुदायिक  वन उपभोकता समिति रुपाल–३ भएको छ । पहिलो दोस्रो र तेस्रो हुनेलाई क्रमशः नगद ७ हजार, ५ हजार, ३ हजार रुपैयाँ र प्रमाणपत्र प्रदान गरिएको हो ।

यस्तै कबुलियति वनहरुमा भगवती कबुलियती वन उपभोक्ता समिति चिपुर पहिलो भएको छ । दोस्रो पिपल गैरा कबुलियती वन उपभोक्ता समिति मणिलेक–५ र तेस्रो चौखुट्टे कबुलियती वन उपभोक्ता समिति आलिताल–६ भएको छ । पहिलो दोस्रो र तेस्रो हुनेलाई क्रमशः नगद ७ हजार, ५ हजार, ३ हजार रुपैयाँ र प्रमाणपत्र प्रदान गरिएको हो ।

यसैगरी जिल्लाका विभिन्न ठाउँका निजी वन धनीहरुलाई पनि प्रोत्साहन स्वरुप पुरस्कृत गरिएको छ । यस्तै अग्नि नियन्त्रण कार्यमा प्रभावकारी भूमिका निर्वाह गर्ने, वन्यन्तु संरक्षणमा प्र्रभावकारी भूमिका निर्वाह गर्ने व्यक्ति, समूह तथा संघ सस्थालाई पनि सम्मानित गरिएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

  • ​केही दिन मौसममा सुधार नआउने

    काठमाडौं, असोज ५ – काठमाण्डौं उपत्यकासहित देशभरी कै मौसम बिहीबार खुल्ने सम्भावना नभएको मौसमविद्ले बताएका छन् ।

  • मनसुनी गतिविधि र जलवाष्पयुक्त हावाको कमजोरीले गर्मी बढ्यो

    काठमाडौं, भदौ ३१ – मनसुनी गतिविधि कमजोर रहेको र जलवाष्पयुक्त हावाको विकास हुन नसक्दा केही दिनयता मुलुकको तापक्रम एक्कासि वृद्धि भएको छ ।

  • वातावरण संरक्षणमा काम गर्न स्थानीय तहलाई सरकारको निर्देशन

    काठमाडौं, भदौ ३१ – सरकारले सबै स्थानीय तहलाई वातावरणीय संरक्षणमा काम गर्न निर्देशन दिएको छ । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले वातावरण संरक्षणका लागि तत्कालीन र दीर्घकालिन रुपमा गर्नुपर्ने काम एवम् प्रदूषण नियन्त्रणका लागि अन्य उपायसम्बन्धी दशबुँदे परिपत्र जारी गर्दै ७ सय ५३ वटै स्थानीय तहलाई पत्राचार गरेको हो ।

  • बाढीले गैँडाका धेरै बच्चा बगाएको अनुमान

    चितवन, भदौ ३० – साउन अन्तिम हप्ता आएको बाढीका कारण चितवन राष्ट्रिय निकुञ्जमा रहेका दुर्लभ वन्यजन्तु एकसिंगे गैँडाका धेरै बच्चा बगाएको अनुमान गरिएको छ । जसका कारण आउँदो वर्ष निकुञ्जमा गैँडा गणना गर्नुपर्ने प्रस्ताव निकुञ्ज कार्यालयले गरेको छ ।

  • ‘दुर्लभ पाटेबाघ हेर्न बर्दिया निकुञ्ज जाऔँ’ (तस्बिरसहित)

    दिउँसो २ बजे निकुञ्जबाट शुरु भएको जंगल सफारीको टोली अपराह्न ४ बजे झण्डै १० किलोमिटर उत्तर बाल्कुने नजिकै पुग्यो । सडक छेउमै १० मिटर पर आराम गर्दै थियो विश्वकै दुर्लभ पाटेबाघ ।

सबै हेर्नुहोस
western union
nepali women
पछिल्ला समाचारहरु

सोसल मिडिया