MENU

अर्थ

Ncell Axiata
chhaka panja

सुन्दरबजार नगरपालिकाको बजेट ३२ करोड ८५ लाख

लमजुङ, असार ३१ – लमजुङको सुन्दरबजार नगरपालिकाले आर्थिक वर्ष २०७४/७५ का लागि ३२ करोड ८५ लाख २३ हजार रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेको छ । सुन्दरबजार नगरपालिकाको प्रथम नगरसभाले शनिबार वजेट प्रस्तुत गरेको हो ।

नगरपालिकाकाका मेयर जनकराज मिश्रले आर्थिक वर्ष २०७४/७५ का लागि नगरपालिकाको वजेट नीति तथा कार्यक्रम सार्वजिनक गर्नुभएको हो ।

उहाँले प्रस्तुत गर्नुभएको वजेटमा आयतर्फ वित्तीय समानिकरणतर्फ १५ करोड ८९ लाख ४६ हजार रुपैयाँ, सशर्त अनुदानतर्फ १५ करोड ३० लाख १७ हजार रुपैयाँ, संघीय संरचना पूर्वाधार विकास कार्याक्रम अन्तर्गत ४८ लाख रुपैयाँ, आन्तरिक आयतर्फ ७१ लाख ६० हजार रुपैयाँ, राजस्व बाँडफाँडबाट (रजिष्ट्रेसन शुल्क) ३५ लाख रुपैयाँ, राजस्व बाँडफाँड (प्राकृतिक श्रोत) १ लाख र विद्युत रोयल्टीतर्फ १० लाख रुपैयाँ उल्लेख छ । यसैगरी व्ययतर्फ चालु खर्च ४ करोड ४२ लाख ३६ हजार रुपैयाँ र पूँजीगततर्फ २८ करोड ४२ लाख ८७ हजार रुपैयाँ उल्लेख छ । 

मिश्रले सार्वजनिक गर्नुभएको सन्दरबजार नगरपालिकाको नीति तथा कार्यक्रममा आर्थिक विकास क्षेत्रअन्र्गत कृषि, उद्योग तथा वाणिज्य, पर्यटन, सहकारी, वित्तिय सामाजिक विकास क्षेत्र तर्फ शिक्षा, स्वास्थ्य, खानेपानी तथा सरसफाई, संस्कृति संवद्र्धन, लैंिगक समानता तथा सामाजिक समावेशीकरण, पुर्वाधार विकास क्षेत्रतर्फ सडक तथा पुल, सिँचाई, भवन तथा शहरी विकास, ऊर्जा तथा जलपिद्युत लगायत उल्लेख छन् ।

त्यस्तै सञ्चार वातावरण तथा विपद् व्यवस्थापन वन तथा भूसंरक्षण जलाधार संरक्षण फोहोरमैला व्यवस्थापन जल उत्पन्न प्रकोप नियन्त्रण विपद व्यवस्थापन, संस्थागत विकास तथा सेवा प्रवाहअन्तर्गत मानव संशाधन विकास, संस्थागत क्षमता विकास, सेवा प्रवाह, वित्तिय व्यवस्थापन र सुशासनतर्फ राजस्व परिचालन, वित्तिय अनुशासन र आन्तरिक नियन्त्रण प्रणाली लगायत उल्लेख छन् ।    

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
western union
nepali women
पछिल्ला समाचारहरु

सोसल मिडिया